Edukhabar
शनिबार, १५ बैशाख २०८१
अन्तैवाट

केसीको चेतावनी देखि नेपाली सर्टिफिकेट अफ्रिकामा पनि बिक्री सम्म

शुक्रबार, २७ असार २०७६

काठमाडौं २७ असार / शुक्रबार काठमाडौंबाट प्रकाशित दैनिक पत्रिकाले चिकित्सा शिक्षाका वेथिती विरुद्ध सत्याग्रह गर्दै आएका प्रा.डा. गोविन्द केसीको चेतावली देखि नेपाली सर्टिफिकेट अफ्रिकामा पनि बिक्री जस्ता खबरलाई समेटेका छन् । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा योग्य र कार्यक्षमता प्रमाणित भइसकेको व्यक्ति नियुक्त नगरिए आन्दोलन गर्ने केसीको चेतावनी  लाई प्राय सबै पत्रिकाले समेटेका छन् ।
केसीले बिहीबार पत्रकार सम्मेलन गरेर चिकित्सा शिक्षा ऐनका ‘माफियामुखी प्रावधानहरू’ हटाउने गरी ऐन संशोधन गर्नसमेत माग गरेका छन् ।

आयोग उपाध्यक्ष नियुक्ति कसैलाई जागिर खुवाउने वा कसैको स्वार्थ पूर्ति गर्नेभन्दा निकै बढी संवेदनशील रहेको औंल्याउँदै उनले आयोगको संस्थापक उपाध्यक्ष अयोग्य मानिस वा पार्टीको कार्यकर्ता बन्नु विकृतिलाई झनै मौलाउन दिनु र चिकित्सा शिक्षा क्षेत्रको नियमन अस्तव्यस्त पार्नु रहेको बताए ।

माफियामुखी प्रावधानसहितको चिकित्सा शिक्षा ऐनको अपनत्व ग्रहण नगरेर सुधारका लागि लडिरहेको उल्लेख गर्दै उनले आयोग उपाध्यक्ष छनोटमा आफूहरू मौन रहन नसक्ने चेतावनी दिए ।

‘आयोग बनेपछि पनि पार्टी स्वार्थअनुसार परिचालित हुने उपाध्यक्ष ल्याउने र आयोग नियमनको सट्टा मिलेमतोको बाटो लाग्ने हो भने अहिलेसम्म हात परेका उपलब्धि पनि गुम्ने निश्चित छ,’ उनले भने ।

यसैगरी नयाँ पत्रिकाले नेपाली सर्टिफिकेट अफ्रिकामा पनि बिक्री नेपाली विश्वविद्यालयको विदेशमा समेत बदनामी शिर्षकमा खवर छापेको छ ।

एक अफ्रिकी नागरिकले पूर्वाञ्चल विश्वविद्यालयको नक्कली शैक्षिक प्रमाणपत्र लिएको भेटिएको छ । दक्षिण अफ्रिकाका तिलाहुन गन मुलुसेवाले बिई–सिई ९ब्याचलर इन इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियरिङ०को नक्कली सर्टिफिकेट लिएको फेला परेको हो ।

मुलुसेवाको सर्टिफिकेटमा उनले काठमाडौंको सीतापाइलास्थित एक्मी इन्जिनियरिङ कलेजमा अध्ययन गरेको उल्लेख छ । एक्मी पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धनप्राप्त कलेज हो । सर्टिफिकेटमा विश्वविद्यालयको रजिस्टर नम्बर ०१८–३–२–०११०१–२००४ उल्लेख छ भने विश्वविद्यालयका चान्सलरको हस्ताक्षर छ । तर, नाम भने उल्लेख छैन । उनी सन् २००४ मा कलेज भर्ना भएको सर्टिफिकेटमा उल्लेख छ । बिईको आठ सेमेस्टर अध्ययन गरेका उनी ३ अक्टोबर ००८ मा बिई उत्तीर्ण भएको सर्टिफिकेटमा देखिन्छ ।

प्रहरीको अपराध अनुसन्धान महाशाखाका प्रवक्ता एसपी केदार ढकालले शैक्षिक प्रमाणपत्रको सम्बन्धमा अनुसन्धान भइरहेकाले केही भन्न नमिल्ने बताए खबरमा उल्लेख छ ।

प्रतिक्रिया