Edukhabar
विहीबार, १५ चैत्र २०८०
अन्तैवाट

उच्च शिक्षामा चौथाइ प्रतिफल, तीन दशकपछि त्रिविमा सिनासको पुनर्जीवन

बुधबार, ०१ साउन २०७६

काठमाडौं १ साउन / विश्वविद्यालय शिक्षामा लगानी अनुरूप प्रतिफल नआएको अननपूर्ण पोष्टले खबर छापेको छ । सूर्य प्रसाद पाण्डेले लेखेको उक्त खबर अनुसार यस्तो हुँदा पनि सरकारी लगानी बढाउनुपर्ने बहस चलिरहेको छ। विश्वविद्यालय अनुदान आयोगको तथ्यांक अनुसार सबै विश्वविद्यालयको विद्यार्थी उत्तीर्णदर औसतमा २५ प्रतिशत मात्र छ। 

जेनतेन उत्तीर्ण जनशक्तिले पनि योग्यताअनुसार रोजगारी नपाउनुले विश्वविद्यालय शिक्षाको पुनःसंरचना अत्यावश्यक देखाएको शिक्षाविद् बताउँछन्। त्रिविको स्नातक तहमा उत्तीर्णदर २७।३२ प्रतिशत मात्र छ। स्नातकोत्तरमा १८।३८ प्रतिशत छ। स्नातक र स्नातकोत्तर दुवैको औसत उत्तीर्णदर २५।९४ प्रतिशत छ। त्रिवि सबैभन्दा ठूलो र पुरानो विश्वविद्यालय हो। यसले गत साता ६०औं वार्षिकोत्सव मनायो। उच्च शिक्षा हासिल गर्नेमध्ये ८० प्रतिशत यसकै छन्। 

त्रिविको वार्षिक बजेट ५० अर्ब हाराहारी छ। ८ हजार प्राध्यापकले पढाउँछन्। स्नातक तहमा सबैभन्दा बढी उत्तीर्णदर मानविकी तथा सामाजिकशास्त्र संकायमा छ। यसमा ४०।७५ प्रतिशत उत्तीर्ण हुन्छन्। सबैभन्दा न्यून उत्तीर्णदर शिक्षाशास्त्रतर्फ छ। यसमा १८।२० प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण छन्। व्यवस्थापन, कानुन र विज्ञान तथा प्रविधि संकायको उत्तीर्णदर क्रमशः २८।२९, २८।१४ र ३३।१३ प्रतिशत मात्र छ। स्नातकोत्तर तहको उत्तीर्णदर कानुनमा ६१, मानविकीमा ६८ र शिक्षामा ३२ प्रतिशत छ। 

११ विश्वविद्यालयअन्तर्गत १ हजार ४ सय ८ क्याम्पस सञ्चालनमा छन्। तीमध्ये १ हजार १ सय १ वटा त्रिविअन्तर्गतका हुन्। विश्वविद्यालयका लागि छुट्ट्याइएको बजेटमध्ये अधिकांश हिस्सा त्रिविमै खर्च हुने आयोगले जनाएको छ। 

यस्तै तीन दशकपछि त्रिविमा सिनासको पुनर्जीवन शिर्षकमा नयाँ पत्रिकामा पर्शुराम काफ्लेले लेखेको खबर अनुसार त्रिभुवन विश्वविद्यालयको नेपाल तथा एसियाली अनुसन्धान केन्द्र (सिनास)ले तीन दशकपछि पुनर्जीवन पाएको छ । सन् १९८० को दशकसम्म एशियाकै चर्चित अनुसन्धान केन्द्र तीन दशकयता सुशुप्त अवस्थामा थियो । सरकारले पछिल्लो पटक पाँच करोड रुपैयाँको अक्षयकोष खडा गरी त्यसको ब्याज रकममा सिनासले प्राज्ञिक अनुसन्धानलाई पुनर्जीवन दिन लागेको हो । 

सिनासले पूर्व कार्यकारी निर्देशक कुमार खड्गविक्रम शाह तथा प्राज्ञिक व्यक्तित्व प्रयागराज शर्मा, डोरबहादुर बिष्ट र धनबज्र बज्राचार्यका नाममा एक(एक लाखको वार्षिक अनुसन्धान पुरस्कार रासी घोषणा गरेको छ । यसैगरी, विद्यावारिधी गर्ने एक जना विद्यार्थीका लागि वार्षिक एक लाख रुपैयाँ छुट्याएको छ । चार जना व्यक्तित्वका नाममा खडा गरिएको पुरस्कार रासी त्रिवि र मातहतका आंगिक क्याम्पसमार्फत् दिइने छ । ‘सिनासको गौरवपूर्ण विगतलाई हामी पुनर्जीवन दिन र परिवर्तित परिप्रेक्ष्यमा यसलाई थप सशक्त तुल्याउन क्रियाशील छौँ,’ सिनासका कार्यकारी निर्देशक डा। मृगेन्द्रबहादुर कार्कीले मंगलबार त्रिविस्थित सिनास कार्यालयमा भने । 

प्रतिक्रिया