Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
गतिविधि

शिक्षा पत्रकारिता पुरस्कार पराजुली र संग्रौलालाई, १३ विधामा १६ जनालाई सम्मान गरिने

सोमबार, ०६ साउन २०७६

काठमाडौं - यस बर्षको शिक्षा पत्रकारिता पुरस्कारबाट दुई जना पत्रकार सम्मानित हुने भएका छन् ।  नेपाल टेलिभिजनका रविचन्द्र पराजुली र कारोबार दैनिकका गोपाल संग्रौलालाई उक्त पुरस्कार प्रदान गरिने सोमबार आयोजित पत्रकार सम्मेलनमा घोषणा गरियो । 

शिक्षालय मासिक पत्रिकाले हरेक बर्ष प्रदान गर्दै आएको 'नेशनल एजुकेशन अवार्ड' अन्र्तगत यस बर्ष शिक्षा क्षेत्रका विभिन्न १३ विधामा १६ जनालाई सम्मान गरिने पनि उक्त अवसरमा सार्वजनिक गरियो । उक्त पुरस्कार साउन २७ गते प्रदान गरिने जनाईएको छ ।  

यस अघि विद्यार्थीको अंकलाई आधार मानेर पुरस्कृत गर्ने प्रचलनमा यस बर्षमा परिष्कार गर्दै शिक्षासँग सम्बन्धित विभिन्न विधाहरुलाई समेटिएको कार्यक्रम निर्देशक बालमुकुन्द आचार्यले जानकारी दिए ।  

स्कुल अफल दि इयर अन्तर्गत देशभरिका एक एक उत्कृष्ट सामुदायिक र संस्थागत विद्यालयलाई सम्मान गर्ने गरिएको छ । उत्कृष्ट विद्यालय, उत्कृष्ट शिक्षक, शिक्षा क्षेत्रमा काम गरिरहेका गैह्र सरकारी संस्था, शिक्षा पत्रकार, शिक्षा सेवामा संलग्न कर्मचारी, ब्यवस्थापन समिति, अभिभावक संंघ, शिक्षाविद्, शिक्षाप्रेमी आदिलाई पुरस्कृत गर्ने अध्यक्ष श्याम तण्डुकारले जाकनारी दिए । 

उक्त पुरस्कारको प्रायोजन ब्यापारिक घराना चौधरी ग्रुपले गरेको हो । 

प्रतिक्रिया