Edukhabar
शनिबार, २३ साउन २०८३
गतिविधि

शिक्षाका सहसचिवहरुको जिम्मेवारी हेरफेर

नयाँ सरकार गठन भए पछि पहिलो पटक ठूलो संख्यामा शिक्षा मन्त्रालय र मातहतका निकायका सहसचिवहरुको जिम्मेवारीमा हेरफेर

शनिबार, २३ साउन २०८३

काठमाडौ - नयाँ सरकार गठन भए पछि पहिलो पटक ठूलो संख्यामा शिक्षा मन्त्रालय र मातहतका निकायका सहसचिवहरुको जिम्मेवारीमा हेरफेर गरिएको छ । मन्त्रालयका विभिन्न महाशाखा र मन्त्रालय मातहतका विभिन्न निकायहरुको नेतृत्व गर्दै आएका आठ जना सहसचिवको एकैपटक सरुवा भएको हो । 

मन्त्रालयको महत्वपूर्ण मानिने योजना तथा अनुगमन महाशाखाका प्रमुख शिवकुमार सापकोटालाई विद्यालय शिक्षा र खेलकुद महाशाखामा सरुवा गरिएको छ । उच्च शिक्षाका श्रीप्रसाद भट्टराईलाई योजनामा ल्याईएको छ । यस्तै चिकित्सा शिक्षा आयोगका सदस्य सचिव बसन्तप्रसाद कोइरालालाई शिक्षा विभागको उपमहानिर्देशकामा सरुवा गरिएको छ । शिक्षक सेवा आयोगका प्रशासकीय प्रमुख हरिप्रसाद निरौलालाई कोइरालाको ठाउँमा लगिएको छ । शिक्षक आयोगमा भने कसैलाइ पनि जिम्मेवारी तोकिएको छैन । 

पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक युवराज पौडेलले केही दिन अघि राजिनामा दिए पछि खाली भएको ठाउँमा विभागका उपमहानिर्देक महेन्द्र पराजुलीको सरुवा गरिएको छ । यस्तै शैक्षिक गुणस्तर परीक्षण केन्द्रका महानिर्देशक जयराम अधिकारीको ठाउँमा मन्त्रालयको प्राविधिक शिक्षा महाशाखाका चन्द्रकान्त भुषालको सरुवा गरिएको छ । अधिकारीलाई भुषालको ठाउँमा सरुवा गरिएको छ ।

२०७२ सालको भुकम्पका कारण क्षती पुगेका विभिद्यालय पुर्ननिर्माणका लागि  स्थापना गरिएको केन्द्रिय आयोजना कार्यान्वयन इकाईका परियोजना निर्देशक लक्ष्मी प्रसाद भट्टराईलाई विभागको उपमहानिर्देशकमा सरुवा गरिएको छ । सरकारी निकायहरुको संगठन तथा व्यवस्थापन ओ एण्ड एम अनुसार यो इकाईलाई सरकारले खारेज गरेको छ । 
 

प्रतिक्रिया