Edukhabar
बुधबार, २६ बैशाख २०८१
खबर/फिचर

शिक्षक नियुक्तिमा घुस, प्रअ र कार्यालय सहयोगी गेष्ट हाउसबाट पक्राउ

विहीबार, १६ असोज २०७६

काठमाडौं - शिक्षक बनाईदिने भन्दै ४० हजार घुस रकम लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानाध्यापक र कार्यालय सहयोगीलाई गेष्ट हाउसबाट रंगेहात पक्राउ गरेको छ । बालज्योति मा.वि. बिसनपुर कपिलवस्तुका प्रधानाध्यापक रबिन्द्र कुमार मौर्य र कार्यालय सहयोगी राम कुमार लोनियालाई पक्राउ गरेको हो । 

उनीहरुले शिक्षक नियुक्तिमा सहजीकरण गर्ने प्रयोजनको लागि सेवा ग्राहीसँग रू ४०,००० घुस र रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा आयोगको कार्यालय बुटवलबाट खटिई गएको टोलीले रकम लिइसकेको अवस्थामा पक्राउ गरेको अख्तियारले जनाएको छ । उनीहरुलाई कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ५ चन्द्रौटा स्थित न्यु सिद्धार्थ होटल गेष्ट हाउसबाट रंगेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी  दिए ।

प्रतिक्रिया