Edukhabar
शनिबार, ०८ बैशाख २०८१
खबर/फिचर

गत बर्ष ७० हजार ७७ विद्यार्थी उत्तीर्ण

शुक्रबार, १३ मंसिर २०७६

काठमाडौं - देशकै जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयमा गत बर्ष विभिन्न संकायमा गरी ७० हजार ७७ विद्यार्थी उत्तीर्ण भएका छन् । शुक्रबार बसेको त्रिवि सभामा गत वर्षको शैक्षिक उपलब्धी प्रस्तुत गर्दै रजिष्ट्रार डिल्लीराम उप्रेतिले उच्च शिक्षा प्रदान गर्ने ३० देशका १ सय ६१ विश्वविद्यालयहरुसंग सम्झौता गरी संयुक्त अनुसन्धान र विद्यावारिधिका कार्यक्रमहरु सञ्चालन गर्न वातावरण बनाएको जानकारी समेत दिएका छन् । 

सभाले आर्थिक वर्ष २०७६/७७ को लागि २३ अर्ब ५ करोड ८८ लाख ६८ हजार बराबरको बजेट पारित गरेको छ । 

पढ्नुहोस् : प्रधानमन्त्री विरामी भए पछि शिक्षा मन्त्रीको अध्यक्षतामा सभा, बजेट पारित

गत वर्ष एमफिल गर्ने १ सय ७१, पि.जि.डी.गर्ने २ सय १४, विद्यावारिधि, एमसिएच डिएम गर्ने १ सय ५ रहेको उप्रेतीले जानकारी दिए । साथै गत वर्ष नै व्यवस्थापन संकायबाट २२ हजार ७ सय ९८, शिक्षा शास्त्र संकायबाट २० हजार ६ जना, मानविकी तथा सामाजिक शास्त्र संकायबाट १३ हजार ६ सय ९५ र कानुन संकायबाट एक हजार ६ सय ६६ जनशक्ति उत्पादन भएको उनले बताए । विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा ६ हजार ४ सय ५२, इञ्जिनियरिङ अध्ययन संस्थानमा २ हजार ९ सय ७२ जना, चिकित्सा शास्त्र अध्ययन संस्थानमा १ हजार ७ सय १९ जना, कृषि र पशुविज्ञान अध्ययन संस्थानमा ५ सय ५ जना र वन विज्ञान अध्ययन संस्थानमा २६४ जना जनशक्ति उत्पादन भएको उनले बताए । 

प्रतिक्रिया