Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
खबर/फिचर

सहमतीसँगै फाराम भर्दै विद्यार्थी

आइतबार, २२ मंसिर २०७६

भैरहवा - बढी लिएको शुल्क फिर्ता गर्न कलेजले लिखित सहमती जनाएसँगै आईतबार विहानैबाट युनिभर्सल मेडिकल कलेजका विद्यार्थीले पैसा फिर्ताका लागि फारम भर्न शुरु गरेका छन् । सहमती सँगै कलेजले प्रति विद्यार्थीसंग लिएको औषत १ लाख ८४ हजार रुपैंया फिर्ता गर्नु पर्ने हुन्छ । 

त्रिभुवन विश्वविद्यालय रजिष्ट्रेशन शुल्क ५ सय, काउन्सिलिङ् शुल्क ३ हजार र मेडिकल काउन्सिलले तोकेको ५ हजार गरी ८ हजार ५ सय घटाएर बाँकी हुने सबै रकम  आईतबारबाटै  फिर्ता गर्न कलेज सहमत भएको हो । 

एक सय जना विद्यार्थी पढाउने कोटा रहेको उक्त कलेजमा छात्रवृत्तिकोटा र विदेशी विद्यार्थी कटाएर ७८ जना नेपाली विद्यार्थीले रकम फिर्ता पाउँछन् । गत मंसिर १० गते सरकारसँग भएको वार्तामा बढी लिएको रकम फिर्ता गर्न कलेज सञ्चालकहरुले सहमती जनाए पनि कार्यान्वयन नभएको भन्दै विद्यार्थीले आन्दोलन जारी राखेका थिए । शिक्षा मन्त्री गिरिराजमणि पोखरेलका स्वकीय सचिव पुरन केसीको उपस्थितीमा विद्यार्थी र कलेज सञ्चालकहरु बीच छलफल पछि गएराती अबेर बढी शुल्क फिर्ता गर्ने सहमती भएको थियो । 

के के विषयमा सहमती भएको छ, थाहा पाउन यो खबर पढ्नुहोस्  : बढी शुल्क फिर्ताको सहमती, आन्दोलनरत विद्यार्थी माथि पूर्वाग्रह नराख्ने

उक्त सहमतीसँगै विद्यार्थीले रकम फिर्ताका लागि फारम भर्न शुरु गरेका हुन् । सहमतीसँगै विद्यार्थीले तालाबन्दी पनि हटाएका छन् । 

 

प्रतिक्रिया