Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
खबर/फिचर

प्रश्न पत्र बाहिर पठाई अर्कैबाट उत्तर ! तीन जना विरुद्ध मुद्दा

बुधबार, २३ पुस २०७६

काठमाडौं - मिलेमतो गरी खाली उत्तर पुस्तिका तथा प्रश्नपत्र परीक्षा हल बाहिर पठाई गैर परीक्षार्थीलाई उत्तर लेख्न लगाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ जना विरुद्ध मुद्दा दायर गरेको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को परीक्षा कार्यक्रम अनुसार कर्णाली प्राविधिक शिक्षालयमा संचालित कृषि तर्फको डिप्लोमा आईएसी एजी प्रथम वर्षको बाह्य परीक्षामा उक्त गडबडी भएको अख्तियारले फेला पारेको हो । 

सोही शिक्षालयमा कृषि प्रशिक्षण सहायक पदमा कार्यरत गंगाराज शाहीको उत्तर पुस्तिका परक्षिाहल बाहिर लगि गैर परीक्षार्थी टंकप्रसाद चौलागाईलाई उत्तर लेख्न लगाएको अख्तियारको अनुसन्धानले फेला पारेको हो । उक्त कार्यमा परीक्षाका निरीक्षक चन्द्रसिंह खत्रीको समेत मिलेमतो रहेकोले शाही र खत्री दुबै जनालाई मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । 

अङ्ग्रेजी विषय बाहेक अन्य सबै विषयको परीक्षामा खाली उत्तरपुस्तिका तथा प्रश्नपत्र परीक्षा हल बाहिर पठाई लेख्न लगाएको अख्तियारको दावी छ । 

शाही तलबी अध्ययन बिदामा छन् । उनको उत्तर लेखिदिने चौलागाईलाई पनि अख्तियारले मुद्दा दायर गरेको छ । उनी सोही  शिक्षालयमा आईएसी एजी तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी हुन् । चौलागाईले प्रथम वर्षको बाह्य परीक्षामा अङ्ग्रेजी विषयमा बाहेक अन्य सबै विषयमा परीक्षा सहायक तथा परीक्षाका निरीक्षक खत्रीले उपलब्ध गराएका प्रश्नपत्रका उत्तरहरु संलग्न भएको अख्तियारले जनाएको छ । खत्रीले नै उपलब्ध गराएका उत्तरपुस्तिकाका पृष्ठहरुमा लेखिदिएको र चौलागाईले उत्तर लेखेका पृष्ठहरु नै शाहीका उत्तरपुस्तिकामा संलग्न गरेको देखिएको अख्तियारले जनाएको छ । 

 

प्रतिक्रिया