Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
खबर/फिचर

नक्कली प्रमाणपत्रका भरमा १९ बर्ष शिक्षक !अख्तियारद्वारा मुद्दा दायर

शुक्रबार, २५ पुस २०७६

काठमाडौं - नक्कली शैक्षिक प्रमाणपत्रका भरमा १९ बर्ष शिक्षणमा विताएकी एक जना शिक्षक विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।  श्री जन जौ कुमारी शाही प्राथमिक बिद्यालय मनपाङ, तनहुँमा प्राथमिक तहमा अस्थायी शिक्षकको रुपमा तृतीय श्रेणीकी शिक्षक  अनिता पोखरेल वाग्लेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको फेला परेको हो ।

वाग्लेले त्यही झुठ्ठा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी २०५६ मंसिर १० गते देखि प्राथमिक शिक्षकको रुपमा अस्थायी नियुक्ति पाई २०७५ चैत ८ गतेसम्म विद्यालयमा कार्यरत रही सार्वजनिक पदको दुरुपयोग गरेको अख्तियारको दावी छ ।

उनको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्दै परेको उजुरी माथि अनुसन्धान हुँदा उनले पेश गरेको  माध्यामिक शिक्षा परिषद् क्षेत्रीय कार्यालय वाराणसी भारतको प्रमाणपत्र नक्कली रहेको पुष्टि भएको अख्तियारले जनाएको छ । उनी विरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ ।

प्रतिक्रिया