Edukhabar
विहीबार, १३ बैशाख २०८१
खबर/फिचर

शिक्षा समाज गठन, पाठ्यक्रमका समस्या बारे सुझाव दिने

सोमबार, २८ पुस २०७६

काठमाडौं - पाठ्यक्रम, शिक्षण विधि प्रविधि लगायतका  विषयमा शिक्षकहरुको सामूहिक दृष्टिकोण विकास गरि सरोकारवालालाई सुझाव दिने उद्देश्य सहित नेपाली भाषा शिक्षा समाजको गठन गरिएको छ । त्रिभुवन विश्वविद्यालय, शिक्षा शास्त्र सङ्काय अन्तर्गत आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा अध्यापनरत नेपाली शिक्षा विषयमा कम्तीमा स्नातकोत्तर गरेका नेपाली शिक्षाका शिक्षकहरु संगठित भएका हुन् ।

प्रा.डा. शर्वराज आचार्यको संयोजकत्वमा गठित समाजले आफूले प्राध्यापन गर्ने पाठ्यक्रम, शिक्षण विधि प्रविधि लगायत विद्यालय तहको पाठ्यपुस्तक, पाठ्यक्रममा देखिएका समस्याहरुमा सरोकारवालालाई सुझाव दिने बताईएको छ । 

नेपाली भाषा शिक्षण र दोस्रो भाषा शिक्षणका क्षेत्रमा देखिएका चुनौती र अवसरका विषयमा छलफल, अन्तक्र्रिया गरी सामूहिक दृष्टिकोण विकास गरी प्राज्ञिक उन्नयनका निम्ति साझा मञ्च निर्माण गरिएको समाजका अध्यक्ष आचार्यले जानकारी दिए । 

विभिन्न क्याम्पसमा नेपाली शिक्षा प्राध्यापनरत शिक्षकहरुको आईतबार भएको भेलाले आचार्यको संयोजकत्वमा १३ सदस्यीय समाजको तदर्थ समिति निर्माण गरेको छ । तदर्थ समितिका सदस्यहरुमा सानोठिमी क्याम्पस, भक्तपुरका हिमलाल पुरी, भारती अधिकारी, महेन्द्ररत्न क्याम्पस, ताहाचलका डा. दुर्गा प्रसाद दाहाल र राम कुमार राई रहो छन् । यस्तै शिक्षा शास्त्र केन्द्रीय विभाग, कीर्तिपुरका दिनेश घिमिरे, डा. केशव भुसाल, बुटवल बहुमुखी क्याम्पस, बुटवलका डा. नारायण प्रसाद पन्थ, गोरखा क्याम्पस, गोरखाका इन्द्र कुमारी देवकोटा, सोलुखुम्बु बहुमुखी क्याम्पसका उद्धव कुमार शर्मा, गणेशमान सिंह बहुमुखी क्याम्पस, काठमाडौँका दीपक बाबु निरौला, सिद्धज्योति क्याम्पस, सिन्धुलीका अर्जुन दाहाल र सुर्खेत क्याम्पस, सुर्खेतका डा. हर्क बहादुर शाही समाजका सदस्य छन् । 

 

प्रतिक्रिया