Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
खबर/फिचर

विषय समितिका अध्यक्षको कडा आपत्ति, सल्लाहै नगरी विज्ञमा राखियो !

सोमबार, १३ माघ २०७६

काठमाडौं - आफूसँग कुनै सल्लाह नै नगरी पाठ्यक्रम प्रारुपको समितिमा विज्ञको रुपमा राखेको भन्दै पाठ्यक्रम विकास केन्द्र अन्र्तगत, विषय समितिका अध्यक्ष प्रा.डा. राममान श्रेष्ठले आपत्ति जनाएका छन् । आगामी शैक्षिक सत्रदेखी कक्षा ११ र १२ को पाठ्यक्रम परिमार्जन गरि गणित विषय हटाएर लागू गर्न खोजिएको विरोध गर्दै सरोकारवालाहरुले सोमबार गरेको पत्रकार सम्मेलनमा बोल्दै श्रेष्ठले आफू सँग कुनै परामर्श समेत नगरी पाठ्यक्रम प्रारुपको समितिमा विज्ञको रुपमा राखेको भन्दै कडा आपत्ति जनाए ।

‘मलाई थाहै नदिईकन समितिमा राखिएको रहेछ, मैले प्रारुप आए पछि मात्रै थाहा पाएँ' उनले भने 'यस्तो बैठकमा मलाई कहिल्यै पनि बोलाईएन, र म गएको पनि छैन् ।’

गणित विषयलाई नयाँ पाठ्यक्रम प्रारुपबाट हटाईए पछि शुरु विरोधको शिलशिला अन्र्तगत सोमबार आयोजित पत्रकार सम्मेलनमा सरोकारवालाहरुले गणित विषयलाई नयाँ पाठ्यक्रम प्रारुप–२०७६ बाट ओझेल पारिएको भन्दै विरोध गरेका छन् । गणितका विज्ञहरुले गणितलाई अनिवार्य गरिनु पर्ने माग समेत गरेका छन् । उनीहरुको तर्क छ – गणित विज्ञानको पनि विज्ञान हो, यसलाई पाठ्यक्रम प्रारुपमा समेट्नु पर्छ । 

कार्यक्रममा त्रिभुवन श्विविद्यालय गणित केन्द्रीय विभागका प्रमुख प्रा.डा. टंकनाथ धमलाले विज्ञान पढ्ने विद्यार्थीलाई गणित अनिवार्य र अरु विषयलाई ऐच्छिक राख्नु पर्ने सुझाव दिए ।

‘विद्यालयमा गणित विषयमा अनुतिर्ण भएको तथ्याङ्क देखाएर ११ र १२ कक्षामा गणित कठिन भयो भन्नु लाजमर्दो विषय हो ।’ उनले भने 

नेपाल गणित समाजका सभापति प्रा.डा. चेतराज भट्टले जारी प्रारुपमा गणित तथा विज्ञानका विधालाई ओझेलमा पार्नुको पछिल्तिर विद्यालय शिक्षामा दाताले दिएको अनुदानको प्रभाव परेको आरोप लगाए । विद्यार्थी उत्तीर्ण प्रतिशत बढाएको देखाउन गणितलाई ओझेलमा पार्ने प्रयास भएको उनको आरोप छ । त्रिभुवन विश्वविद्यालय ईञ्जिनियरिङ संस्थानका सहायक डिन प्रा.डा. ज्ञानबहादुर थापाले हालै विश्वविद्यालयको अध्ययन संस्थानमा प्रवेश परीक्षामा गणितको भार ४० बाट ५० अंक बनाईएको स्मरण गर्दै ईञ्जिनियरिङ पढ्ने विद्यार्थीको लागि गणितको महत्व कति छ भन्ने कुरा पुष्टि भएको बताए । 

विश्वविद्यालयका गणित शिक्षा केन्द्रीय विभागका विभागीय प्रमुख प्रा.डा. वेदराज आचार्यले गणित विषयलाई अनिवार्य रुपमा पाठ्यक्रममा नसमेटिँदा गणित पढ्न ईच्छुक विद्यार्थी बञ्चित हुनु पर्ने बताए । नेपाल गणित समाजका सह–सचिव तथा केन्द्रीय गणित विभागका उपप्रध्यापक डा. जिवन काफ्लेले गणित प्राकृतिक र सामाजिक विज्ञानको अध्ययनमा अधिकतम उपयोग हुने विषय भएको तर्क गर्दै यो विषको जग बिना अन्य कुनै पनि विषयको दक्षता हासिल गर्छु भन्नु कल्पना मात्रै हुने दावी गरे ।  

कार्यक्रममा वमुन अफ नेपाल ईन म्याथमेटिकल साईन्सका उपाध्यक्ष डा. नीलम सुवेदी, नेपाल गणित समाजका केन्द्रीय सदस्य हरि प्रपन्न कँडेल लगायतले पाठ्यक्र प्रारुपको विरोध गर्दै सुधारका लागि आन्दोलन गर्न पछि नपर्ने भन्दै चुनौती दिए ।  

पाठ्यक्रम विकास केन्द्रले परिमार्जन गरेको कक्षा ११ र १२ को पाठ्यक्रममा गणित विषय समावेश नगरिएको भन्दै सरोकारवालाहरुले विरोध जनाउँदै आएका छन् ।  

विद्यमान पाठ्यक्रममा विज्ञान तर्पmका विद्यार्थीले ११ कक्षामा अनिवार्य अंग्रेजी सहित चार वटा ऐच्छिक विषयहरु र १२ कक्षामा अनिवार्य अंग्रेजी र नेपाली सहित ३ वटा ऐच्छिक विषय पढ्छन् ।  तर नयाँ प्रारुपमा ११ कक्षामा अनिवार्य तर्फ अंग्रेजी, नेपाली, सामाजिक शिक्षा र ३ वटा ऐच्छिक विषय सहित ६ विषय पढ्नेछन् । कक्षा १२ मा अंग्रेजी, नेपाली तथा जिवन उपयोगी र ३ वटा ऐच्छिक विषयहरु गरेर जम्मा ६ वटा पढ्ने छन् । ५ वटा बाट ६ वटा विषय बनाईए पनि गणित, विज्ञान तथा प्रविधीलाई ओझेलमा पार्ने खोजिएको सरोकारवालाको आरोप छ । 

तर, पाठ्यक्रम विकास केन्द्रले भने कक्षा ११ र १२ का विषयहरुमा केही  परिमार्जन गरिए पनि गणितलाई हटाएको कुरा सत्य नभएको दावी गर्दै आएको छ । 

प्रतिक्रिया