Edukhabar
विहीबार, १५ चैत्र २०८०
खबर/फिचर

नक्कली प्रमाणपत्रका भरमा ३५ बर्ष शिक्षक !

मंगलबार, १४ माघ २०७६

काठमाडौं - नक्कली प्रमाणपत्रका भरमा ३५ बर्ष सम्म पढाएका एक जना शिक्षक विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । शहिद स्मारक माध्यमिक विद्यालय, कम्दी ७ पदमपुर, बाँकेमा प्राथमिक तहमा स्थायी भएका प्रा.वि. द्वितीय श्रेणीका शिक्षक उदयराज यादवको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको अख्तियारले दावी गरेको छ । 

उनको प्रमाणपत्र नक्कली रहेको उजुरी उपर अनुसन्धान गर्दा माध्यमिक शिक्षा परिषद, उत्तर प्रदेश बोर्ड अफ हाईस्कुल एण्ड इन्टरमिडिएट एजुकेशन यू.पी. भारतको हाईस्कुल उत्तीर्ण प्रमाणपत्र नै झुठ्ठा रहेको पत्ता लागेको अख्तियारको दावी छ । सोही प्रमाणपत्र पेश गरी यादवले २०४१ कात्तिक २६ गते शिक्षकको रुपमा सेवा प्रवेश गरी गत पुस २९ सम्म कार्यरत रहेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

नक्कली प्रमाणपत्र पेश गरेर सार्वजनिक पदको लाभ तथा सुविधा प्राप्त गर्नु भ्रष्टाचार हुने भन्दै अख्तियारले  विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।

प्रतिक्रिया