Edukhabar
विहीबार, १३ बैशाख २०८१
अन्तैवाट

नियमावली नहुँदाका असर, परीक्षा हुने नुहने अन्योल

शुक्रबार, १७ माघ २०७६

काठमाडौं १७ माघ / राष्ट्रिय चिकित्सा शिक्षा आयोगद्वारा लिने भनिएको चिकित्सा शिक्षातर्फको स्नातकोत्तर तह (पीजी) को साझा प्रवेश परीक्षा (कमन इन्ट्रान्स) हुने नहुनेबारे अन्योल देखिएको छ।
नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले नियमावली नहुँदा प्रवेश परीक्षा नै अन्योलमा शिर्षकमा लेखेको खबर अनुसार यही चैतमा लिने भनिएको उक्त परीक्षा आयोगको नियमावली पारित नहुँदा अनिश्चित देखिएको हो। यद्यपि आयोगले नियमावलीको मस्यौदा तयार भइसकेको दाबी गरेको छ।

प्रधानमन्त्री अध्यक्ष रहेको आयोगमा अध्यक्षसँग सल्लाह नगरी निर्णय गर्न नमिल्ने भएकाले झन् समस्या देखिएको छ। आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीले नियमावली पास नहुँदा परीक्षा चलाउन समस्या पर्ने बताउँदै भन्नुभयो– ‘परीक्षाको तयारी शुरू गरिसकेका छौं, नियमावली पास हुनासाथ परीक्षा लिने बाटो खुला हुनेछ।’

आयोगका सदस्य सचिव डा. हरि लम्सालले पनि समयमै नियमावली पारित हुने दाबी गर्दै इन्ट्रान्स परीक्षा लिने तयारी भइरहेको बताउनुभयो। तर त्यहींका एक कर्मचारीले भने– ‘नियमावली र संगठन संरचना पारित नभएसम्म आयोगले कुनै काम अघि बढाउन सक्दैन।’

आयोग ऐन गतसाल फागुन १० गते ल्याइएको थियो। उक्त ऐन आएको ६ महिनापछि प्राडा. गिरी उपाध्यक्षमा नियुक्ति हुनुभएको थियो।

प्रतिक्रिया