Edukhabar
शनिबार, १५ बैशाख २०८१
अन्तैवाट

चुनाव अनिश्चित

सोमबार, २७ माघ २०७६

काठमाडौ. २७ माघ / त्रिभुवन विश्वविद्यालयले १४ फागुनमा घोषणा गरेको स्ववियु चुनाव अनिश्चित भएको छ । नयाँ पत्रिकामा भवानीश्वर गौतमले स्ववियु चुनाव अनिश्चित : चुनावअघि रेक्टर नियुक्त हुनुपर्ने नेविसंघको माग शिर्षकमा लेखेको खबर अनुसार तयारीका लागि करिब एक महिना लाग्ने र चैत पहिलो सातादेखि परीक्षाको तालिका रहेका कारण चुनाव अनिश्चित बनेको हो ।

विद्यार्थीको आग्रहमा फागुनभित्र स्ववियु चुनाव गर्न त्रिवि सहमत भए पनि ठूला संगठन एक नहुँदा समस्या भएको हो । 

स्ववियु निर्वाचन केन्द्रीय अनुगमन समितिका संयोजक तथा कामु रेक्टर प्रा.डा. शिवलाल भुसालले विद्यार्थी संगठन एकमत नहुँदा समस्या भएको बताए । उनले भने, ‘१४ फागुनको मिति टरिसकेको छ, उहाँहरू (विद्यार्थी संगठन) को आग्रहमा फागुन अन्तिमसम्म पनि चुनाव गर्न तयार भएका हौँ, त्यो पनि अनिश्चित हुने भयो ।’ चैत पहिलो सातादेखि त्रिविको परीक्षाको तालिका छ । 

स्ववियु चुनाव हुनुपर्छ र हामी गराउने अभियानमा छौँ । नेविसंघ चुनावमा जान तयार भएकाले समय दिनुपर्‍यो भन्ने छ । केही ढिला भए पनि चुनाव हुन्छ : ऐन महर, अध्यक्ष, अनेरास्ववियु

हामी स्ववियु चुनावका लागि तयार छौँ । तर, त्रिविको चुनाव गर्ने नियत देखिएको छैन । केन्द्रीय निर्वाचन समितिको अध्यक्ष रेक्टर हुने व्यवस्था छ । पहिले रेक्टर नियुक्त हुनुपर्छ । रेक्टरले बोलाएको बैठकमा कार्यतालिका प्रस्ताव गरी निर्णयमा पुग्नुपर्छ । तर, त्रिविले गलत प्रचार गरिरहेको छ : राजीव ढुंगाना, अध्यक्ष, नेविसंघ 

प्रतिक्रिया