Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
खबर/फिचर

शिक्षक आयोगद्वारा नयाँ पाठ्यक्रम पारित, वौद्धिक परीक्षण पनि समावेश

विहीबार, ०१ फागुन २०७६

भक्तपुर - शिक्षक सेवा आगोगले नयाँ पाठ्यक्रम पारित गरेको छ । शिक्षक हुनका लागि सामान्य र विषयगत परीक्षा दिनु पर्ने गरी आयोग नियमावलीको १० औं संशाधनले गरेको व्यवस्था अनुसार बिहीबार सामान्य परीक्षाको नयाँ पाठ्यक्रम पारित गरिएको आयोगले जनाएको छ । 

५ खण्डमा रहेको १ सय पूर्णङ्कको उक्त पाठ्यक्रममा सामान्य ज्ञान, आधारभूत ज्ञान, सूचना तथा सञ्चार, संविधान ऐन तथा नियम र वौद्धिक परीक्षण समावेश गरिएको छ । यस अघि शिक्षा सम्बन्धि आधारभूत ज्ञान र ऐन नियमबाट मात्रै प्रश्न सोधिन्थ्यो । बदलिदों समयमा शिक्षकमा ज्ञानको दायरा फराकिलो बनाउनु पर्ने तथा थप क्षमतावान व्यक्तिलाई शिक्षणमा भित्र्याउन नयाँ खण्ड थप गरिएको आयोगका प्रशासकीय प्रमुख बैकुण्ठ प्रसाद अर्यालले बताए । यो सँगै आयोगले विषयगत परीक्षाको पाठ्यक्रम निर्माणको काम पनि जारी राखेको उनले बताए ।  

'पहिलो चरणमा आज सामान्य परीक्षाको पाठ्यक्रम पारित गरिएको हो, आयोगको योजना अनुसार नै काम भयो भने अब एक साता भित्रै हामी विषयगत परीक्षाको पाठ्यक्रम पनि पारित गछौैं' उनले भने, 'कोर कण्टेण्टका लागि सामान्य परीक्षा र विषयगत ज्ञान परीक्षणका लागि विषयगत परीक्षाबाट  योग्य शिक्षक छनौट गर्ने उद्धेश्य अनुसार नयाँ पाठ्यक्रम बनाईएको हो ।' 

शिक्षक हुनका लागि अब हरेक उम्मेद्वारले २ सय पूर्णङ्कको जाँच दिनु पर्ने छ । सामान्य परीक्षा पास भएको उम्मेद्वार मात्रै विषयगत परीक्षामा सहभागि हुन पाउने व्यवस्था छ । सामान्य परीक्षाको ५० अंक विषयगत परीक्षाका जोडिन्छ । अब हुने खुल्ला विज्ञापनमा नयाँ पाठ्यक्रम अनुसार प्रश्न सोधिने छन् । 

सामान्य परीक्षाको नयाँ पाठ्यक्रम 

प्रतिक्रिया