Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
खबर/फिचर

प्रअ विरुद्ध २ मुद्दा, मिलेमतोको आरोपमा कर्मचारी पनि तानिए

बुधबार, ०७ फागुन २०७६

काठमाडौं - विद्यालयमा प्राप्त रकम हिनामिना गरेको अभियोग सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानाध्यापक र गलत प्रतिवेदन बनाएर मिलेमतो गरेको अभियोगमा शिक्षा विकास तथा समन्वय इकाईका कर्मचारी विरुद्ध छुट्टा छुट्टै मुद्दा दायर गरेको छ ।

नेपाने माध्यमिक विद्यालय, सिरानचोक – १ गोरखाका प्रधानाध्यापक शिवकुमार साह विरुद्ध फरक फरक २ मुद्दा लगाईएको छ । उनले १२ लाख ४५ हजार ४ सय रुपैंया हिनामिना गरी भ्रष्टाचार गरेको अख्तियारको दावी छ । तत्कालीन जिल्ला शिक्षा कार्यालय गोरखाबाट विद्यालयको लागि बिभिन्न शीर्षकमा प्राप्त रकम हिनामिना गरेको उजुरी माथि अनुसन्धान हुँदा छात्रावृति, पोशाक, झोलाका लागि प्राप्त रकम विद्यार्थीलाई वितरण नै नगरी हिनामिना गरेको पुष्टि भएको अख्तियारको दावी छ । यस्तै  शौचालयको लागि प्राप्त रकम तथा मर्मत शीर्षकमा प्राप्त रकमबाट छात्रा शौचालय तथा फर्निचर मर्मत र निर्माण नै नगरी विद्यालय व्यवस्थापन समितिको झुठ्ठा निर्णय, झुठ्ठा नापी किताब तथा कार्य सम्पन्न प्रतिवेदन एवं झुठ्ठा बिल भरपाई तयार गरी रकम फछर्यौट गराएको अख्तियारको दावी छ । विद्यालयको लागि प्राप्त भएको बिभिन्न शीर्षकको सरकारी अनुदानको रकम पाँच लाख ९५ हजार चार सय भ्रष्टाचार गरेको अख्तियारको दावी छ । 

उनको उक्त कार्यमा शिक्षा विकास तथा समन्वय इकाईका प्राविधिक सवइञ्जिनियर बिकास झाले मिलेमतो गरेको भन्दै अख्तियारले झा विरुद्ध पनि तीन ५० पचास विगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको हो । 

प्रअ साहले तत्कालीन जिल्ला शिक्षा कार्यालय गोरखाबाट पुस्तकालय व्यवस्थापनका लागि फिक्सिङ्ग र किताब खरिद शीर्षकमा निकासा भएको रकम समेत हिनामिना गरेको अख्तियारको दावी छ । झुठ्ठा बिल भरपाई तथा कागजातहरु तयार गरी अनुदान शीर्षकको छ लाख ५० हजार  भ्रष्टाचार गरेको अख्तियारको दावी छ । 

प्रतिक्रिया