Edukhabar
मंगलबार, ०४ बैशाख २०८१
खबर/फिचर

प्रधानाध्यापक रंगेहात पक्राउ, शिक्षकबाट घुस लिएको अभियोग

विहीबार, १५ फागुन २०७६

काठमाडौं - शिक्षकसँग घुस लिएको अवस्थामा विद्यालयका प्रधानाध्यापक पक्राउ परेका छन् । दैलेखको नौमुले गाउँपालिका वडा नं. १ स्थित श्री भैरव माध्यमिक विद्यालयका प्रधानाध्यपक नगेन्द्र बहादुर सिंहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेतबाट  खटिएको टोलीले पक्राउ गरेको हो । 

गाउँ पिालिकाको वडा नं. १ स्थित एनएमवी बैंकको शाखा कार्यालयका प्रबन्धकको कार्यकक्षबाटै उनलाई नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जनाएका छन् । प्रधानाध्यापक सिंहले ३० हजार घुस लिदाँ लिदैं पक्राउ गरिउको हो । 

सिंह र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गगन बहादुर बस्नेतले विद्यालयका शिक्षकको चौमासिक तलब र दशैं खर्च बापतको रकम उपलब्ध गराउने प्रयोजनका लागि पटक पटक शिक्षकसँग घुस मागेको उजुरी अख्तियारमा परेको थियो । सोही उजुरी एवं सूचनाको आधारमा गएको अख्तियारको उनलाई पक्राउ गरेको जनाईएको छ । 

 

प्रतिक्रिया