Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
अन्तैवाट

विद्यालय सुधारका लागि भन्दै करोडौं खर्च, विद्यार्थीको कहर भने उस्तै

सोमबार, १९ फागुन २०७६

काठमाडौं १९ फागुन / सरकारले सार्वजनिक शिक्षाका लागि विनियोजन गरेको बजेट प्रभावकारी रुपमा कार्यान्वयन नभएको तथ्य भुकम्प भएको ५ बर्ष वितिसक्दा पनि विद्यार्थीले भोगिरहेको कहरबाट पुष्टि हुन्छ । ५ बर्ष सम्म पनि विद्यालय भवन नबनेपछि भूकम्पले चर्किएको भवनमा पढ्न बाध्य बालबालिकाको अवस्था सहितको कान्तिपुरमा प्रकाशित खबरले पनि उक्त तथ्य पुष्टि गरेको छ । 

सिन्धुपाल्चोकका विद्यालयका बारेमा अनिश तिवारीले लेखेको खबरमा उक्त कुरा उजागर गरिएको छ । त्रिपुरासुन्दरी गाउँपालिका—३ धुस्कुन सुनकोसी स्थित सिद्धिकाली आधारभूत विद्यालयका बालबालिका भूकम्पले चर्किएको भवनमा पढ्न बाध्य छन् ।  धराप भवनमै पठनपाठन शिर्षकमा प्रकाशित खबर अनुसार भूकम्प गएको पाँच वर्षपछि पनि पर्याप्त कक्षाकोठा अभावमा उत्तः विद्यालयका ९५ जना बालबालिका क्षतिग्रस्त र जीर्ण भवनमा पढ्न बाध्य छन् । यस्तै चार सय विद्यार्थी रहेको त्रिपुरासुन्दरी वडा ३ धुस्कुनकै महेन्द्र प्रताप माध्यमिक विद्यालयको अवस्था उस्तै छ ।

बालबालिकाका लागि विद्यालयमै शौचालय र खानेपानी धारा नहुँदा दिसापिसाब गर्न घरै पुनुपर्ने बाध्यता छन् । अहिलेसम्म जिल्लाका सामुदायिक विद्यालयमा भौतिक सुधारका लागि सरकारले करोडौं खर्चिसकेको छ तर जिल्लाभरका अधिकांश सरकारी विद्यालयमा खानेपानी, कक्षाकोठा, शौचालय आदिको अभाव छ ।

विशेष गरी सदरमुकामबाट टाढा रहेका दुर्गम गाउँका विद्यालयमा यस्तो समस्या देखिएको हो । एउटै कक्षाकोठामा २ वा सोभन्दा बढी कक्षा सञ्चालन भइरहेका छन् । कतै कक्षाकोठा बारेर अर्को कोठा बनाइएको छ । जिल्लाभरका ३५ विद्यालयबाट कक्षाकोठा, खानेपानी, शौचालय आदि नपुगेका गुनासा आएको जिल्ला आयोजना कार्यान्वयन एकाइ ९शिक्षा० ले जनाएको छ ।

प्रतिक्रिया