Edukhabar
शनिबार, ०८ बैशाख २०८१
अन्तैवाट

अँकका नाममा विद्यार्थी प्रताडित

सोमबार, २६ फागुन २०७६

काठमाडौं २६ फागुन / विद्यार्थीले ल्याउने अँकका आधारमा प्रतिष्ठा बढ्ने लोभले विद्यालयहरुमा विद्यार्थीलाई प्रताडित बनाउने क्रम बढ्दै गएको छ । जुनसुकै मूल्यमा पनि राम्रो अंक ल्याउने र विद्यालयको प्रतिष्ठा बढाउने होडबाजीमा शिक्षकले आफ्नै विद्यार्थीलाई प्रताडित बनाइरहेका सन्दर्भलाई नयाँ पत्रिकाले प्रकाशन गरेको छ ।

अंक बढाउन विद्यार्थीमाथि अत्याचार शिर्षकमा नवराज मैनालीले लेखेको खबर अनुसार कम नम्बर ल्याउने विद्यार्थीलाई दुव्र्यवहार गर्ने मात्र होइन, शारीरिक रूपमा कुटपिट गरेर हात भाँचिदिनेसम्मका घटना भएका छन् ।

पछिल्लो पटक शनिबार जडीबुटी स्थित जागृति विद्यालयकी शिक्षक सीतालक्ष्मी कर्माचार्य पक्राउ परेकी छिन् । उनले परीक्षामा थोरै अंक ल्याएको भन्दै ३४ विद्यार्थीलाई हात चिर्न लगाएकी थिइन् । कर्माचार्यलाई महानगरीय प्रहरी वृत्त बानेश्वरले थुनामा राखेर मुद्दा चलाउने तयारी गरिरहेको छ ।

यो लगायतका अन्य घटनाहरुलाई समेत समेटेर प्रकाशित खबरमा महान्यायधिवक्ता अग्नि खरेलले  विद्यार्थीलाई सजाय दिनु गम्भीर अपराध भएको जनाएका छन् ।

यस्तै त्यस्तो कार्यमा संलग्न शिक्षक र विद्यालयलाई पनि कारबाही गर्ने शिक्षा सचिव महेश प्रसाद दाहालको भनाईलाई पनि खबरमा समेटिएको छ ।

अब यस्ता घटना दोहोरिनु हुन्न, टिकाराम पुरी, अध्यक्ष, प्याब्सन

शिक्षकहरूमा सोच र शैली परिवर्तनको खाँचो छ सूर्य बहादुर अधिकारी, पूर्व बरिष्ठ उपाध्यक्ष, एनप्याब्सन 

प्रतिक्रिया