Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
अन्तैवाट

प्रअ भत्ताबाट प्याडको व्यवस्था

शुक्रबार, ३० फागुन २०७६

काठमाडौं ३० फागुन / रुकुमको आठबिसकोट नगरपालिका–१४ स्थित जनविकास माध्यमिक विद्यालयका प्रधानाध्यापकले प्रअ भत्ताबाट विद्यालयमा प्याडको व्यवस्था गरेका छन् । नयाँ पत्रिकामा मनीष खड्काले प्रधानाध्यापकको  भत्ताबाट छात्रालाई प्याड शिर्षकमा लेखेको खबर अनुसार प्रअ दीपकसंगम थापाले आफूले पाउने भत्ताबाट विद्यालयमा अध्यनरत छात्राका लागि प्याडको व्यवस्था गरेका हुन् । 

प्याड नहुँदा महिनावारी भएका वेला छात्रा विद्यालय नआउने र विद्यालयमै महिनावारी भए बीचमै पढाइ छाडेर घर जाने गरेकाले अध्ययनमा बाधा नपरोस् भनेर प्याडको व्यवस्था गरेको प्रअ थापाले बताए । प्याड खरिद गर्न विद्यालयको अन्य कुनै स्रोतबाट सम्भव नभएकाले आफूले पाउने भत्ताबाटै किनेको उनको भनाइ छ ।

अहिले विद्यालयले प्याड खरिद गरेर राखेको छ । छात्राहरूले आवश्यक परेका वेला मागेर प्रयोग गर्ने गरेका छन् । एक छात्राले महिनामा एकपटक मात्र प्याड पाउने गरेका छन् । त्यसको रेकर्ड विद्यालयले राख्ने गरेको छ । प्रअ थापाले विद्यालयमै प्याडको व्यवस्था गरेपछि छात्राहरू नियमित रूपमा विद्यालय आइरहेको जानकारी दिए । 

प्रतिक्रिया