Edukhabar
विहीबार, १३ बैशाख २०८१
खबर/फिचर

सांसद कोषको रकम पुस्तकालय भवनमा

शनिबार, ०१ चैत्र २०७६

बागलुङ - धवलागिरि बहुमुखी क्याम्पसमा अत्याधुनिक प्रविधि मैत्री र फरक क्षमताका लागि समेत हुने गरी पुस्तकालय भवन बन्ने भएको छ । त्यसका लागि क्षेत्र नम्बर १ का संघीय सांसद डा. सूर्य पाठकले सांसद विकास कोषबाट ५० लाख रुपैयाँ प्रदान गरेका छन् ।

२०४६ साल पछि पहिलोपटक जनप्रतिनिधिले सिधै क्याम्पसलाई आर्थिक सहयोग गरेको भन्दै बिहीबार आयोजित भवन शिलान्यास कार्यक्रममा क्याम्पस प्रमुख रामप्रसाद उपाध्यायले पाठकलाई धन्यवाद दिए ।

भवनको शिलान्यास गर्दै सांसद पाठकले शिक्षा र स्वास्थ्य विकासका महत्वपूर्ण आधार भएकोले यस क्षेत्रमा लगानी वढाउन आवश्यक रहेको उल्लेख गरे । भवन निर्माणका लागि आवश्यक पर्ने अरु रकमको जोहो गर्न आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने उनले प्रतिवद्धता जनाएका छन् ।  

भवन निर्माणका लागि एक करोड ४० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । कार्यक्रममा क्याम्पसका प्राविधिक सहजकर्ता इञ्जिनियर प्रनिल केसीले भवनको भौतिक संरचना र लागत अनुमानका बारेमा विस्तृत जानकारी गराएका थिए ।

प्रतिक्रिया