Edukhabar
विहीबार, १३ बैशाख २०८१
अन्तैवाट

सुवेदीको नाममा अक्सफोर्डमा पुरस्कार

आइतबार, ०२ चैत्र २०७६

काठमाडौं २ चैत / प्राध्यापक सूर्यप्रसाद सुवेदीको नाममा अक्सफोर्ड विश्वविद्यालयमा मानव अधिकार र विद्यावारिधिसम्बन्धी दुईवटा वार्षिक पुरस्कार स्थापना गरिएको छ।

नागरिकमा अक्सफोर्डमा सुवेदीको नाममा पुरस्कार स्थापना शिर्षकमा प्रकाशित खबर अनुसार  विश्वविद्यालयको स्नातक तहको मानवअधिकार कानुनमा सर्वोत्तम अंक प्राप्त गर्ने व्यक्तिलाई प्रदान गर्ने जनाएको छ। दोस्रो पुरस्कार कानुनमा सर्वोत्कृष्ट विद्यावारिधिको शोधग्रन्थ प्रस्तुत गर्नेलाई प्रदान गरिनेछ।

आफ्नो नाममा एउटा प्रतिष्ठित विश्वविद्यालयमा यस्ता पुरस्कार स्थापना भएकामा प्रा. सुवेदीले खुसी व्यक्त गरे। यी पुरस्कारले प्रा. सुवेदीले मानवअधिकार र अन्तर्राष्ट्रिय कानुनको विकासमा दिएको विशिष्ट योगदानलाई जीवन्त राख्ने विश्वास गरिएको छ। प्रा. सुवेदीले अक्सफोर्ड विश्वविद्यालयबाट सन् १९९३ मा विद्यावारिधि हासिल गरेका थिए। अन्तर्राष्ट्रिय कानुन र मानवअधिकारको क्षेत्रमा असाधारण योगदान दिएको भनी गत वर्ष उनलाई अक्सफोर्ड विश्वविद्यालयले महाविद्यावारिधि जस्तो सर्वोच्च उपाधि प्रदान गरेको थियो।

प्रतिक्रिया