Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
खबर/फिचर

अहिले बन्द भएको पठनपाठन र विदा वर्षे विदाबाट मिलान गरिने

विहीबार, ०६ चैत्र २०७६

काठमाडौं - चैत मसान्त सम्म पठनपाठनका सबै कार्य बन्द गर्ने र उक्त दिनको सोध भर्ना वर्षे विदाबाट गर्ने त्रिभुवन विश्वविद्यालयले निर्णय गरेको छ । बिहीबार एक जरुरी सूचना सार्वजनिक गर्दै विश्वविद्यालयले हिउँदे, वर्षे विदा पाउने शिक्षक, कर्मचारी, विद्यार्थीलाई आगामी बर्षे विदाबाट मिलान गर्ने गरी विदा दिने निर्णय गरेको हो ।

शुक्रबार देखि लागू हुने गरी विश्वविद्यालयले सबै परीक्षा स्थगित गरेको छ । बुधबार अबेर सरकारले कक्षा १० सहित सबै परीक्षा स्थगित गर्ने निर्णय गरे पनि विश्वविद्यालयले बिहीबारको परीक्षा यथावत राखेको थियो । तर अब अर्को सूचना नआएसम्मका लागि परीक्षाका सबै कार्यक्रम स्थगित गरेको विश्वविद्यालयले जनाएको छ । 

यस बीचमा विश्वविद्यालय सेवा आयोगले लिने अन्तर्वार्ता र परीक्षाका कार्यक्रमबारे सेवा आयोगले नै जानकारी गराउने त्रिविको सूचनामा उल्लेख छ । 

यस बीचमा विश्वविद्यालयका नियमित प्रशासनिक कामहरु भने यथावत रहने, कार्यालयमा सावुन पानी र सेनिटाईजरको व्यवस्था गरी सावधानीका उपाय अपनाईने जनाईएको छ । सरकारले २५ जना भन्दा धेरै भेला नहुन गरको सूचनाका आधारमा छात्रावासहरुमा सोही अनुसार व्यवस्थापन गर्न क्याम्पसलाई निर्देशन समेत दिईएको छ । 

कोरोना भाईरस कोभिड १९ संक्रमणको जोखिमलाई ध्यान दिदैं उपप्रधानमन्त्री ईश्वर पोखरेल संयोजकत्वको सक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले बुधबार सबै खाले शैक्षिक गतिविधिमा रोक लगाउने निर्णय गरेको थियो । 

 

प्रतिक्रिया