Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
खबर/फिचर

परीक्षा सरे पनि शैक्षिक क्यालेण्डर नबिग्रने

विहीबार, ०६ चैत्र २०७६

काठमाडौं - परीक्षाको अघिल्लो दिन बुधबार अबेर एसईई परीक्षा स्थगित गर्ने निर्णय गरेको सरकारले यसका कारण आगामी शैक्षिक सत्रको क्यालेण्डर भने नबिग्रने स्पष्ट पारेको छ । कोराना भाईरस कोभिड १९ को जोखिम न्यूनिकरणका लागि भन्दै कोभिड–१९ रोकथाम तथा नियन्त्रण गर्न उपप्रधानमन्त्री ईश्वर पोखरेल संयोजकत्वको उच्च स्तरीय समितिले बुधबार बसेको दोश्रो बैठकले परीक्षा सार्ने  निर्णय गरेको थियो । उक्त निर्णयका कारण शैक्षिक क्यालेण्डरमा कुनै असर नपर्ने सरकारका प्रवक्ता डा. युवराज खतिवडाले  बताएका हुन् ।

भाईरसको जोखिमका कारण उत्पन्न परिस्थितीका विषयमा सरकारले तयार पारेको योजना र कार्य बारेमा जनाकारी दिन आयोजित पत्रकार सम्मेलनमा खतिवडाले सबै मिलेर समस्याबाट बच्न विद्यालय बन्द सहित मानिसको भिडभाड कम गर्न खोजेको बताए ।  विश्व स्वास्थ्य संगठनको दक्षिण पूर्वी एसियामा सक्रमणको प्रभाव पर्न सक्छ भन्ने आकंलन गरेको सन्दर्भमा सरकार समयमै सचेत भएको उनको दावी छ ।

'पछिल्लो अवस्थामा पर्ख र हेरको अवस्था रहँदा रहँदै शैक्षिक संस्थाहरु बन्द गर्ने परीक्षा स्थगित गर्ने निर्णयमा जानु पर्यो' उनले भने 'एसईईलाई केही पर सार्दा पनि शैक्षिक क्यालेण्डर नविग्रने गरी व्यवस्थापन गर्न सक्छौं भन्ने हिसावले परीक्षा पर सारिएको हो ।'

अभिभावकहरुले पनि विद्यार्थीलाई जोखिममा किन राख्ने ? भनेर दवाव दिएको विषय मनन् गर्दै उक्त निर्णय गरिएको उनले बताए । नागरिक समाजका प्रवुद्ध व्यक्तिले पनि केही दिन परीक्षा पर सार्दा सरकारले के गुमाउँथ्यो किन जोखिम लिएको भन्ने कुरा आएपछि सरकारले त्यो निर्णय लिएको उनले स्पष्ट पारे । २५ ३० जना विद्यार्थी एक ठाउँमा हुन्छन् भने किन जोखिम लिने भनेर केही समयको लागि स्थगित गरौं भनेर गरिएको हो ।

नौ कक्षा सम्मको परीक्षा सकिईसकेको अवस्था उल्लेख गर्दै मन्त्री खतिवडाले संक्रमणलाई ध्यान दिएर सरकारले अघि बढाएको योजनामा नागरिकले पनि आआफ्ना क्षेत्रबाट सघाउन आग्रह गरेका छन् ।

प्रतिक्रिया