Edukhabar
विहीबार, १३ बैशाख २०८१
खबर/फिचर

छात्रवृत्तिमा चिकित्सक भएका र पढ्दै गरेका विद्यार्थीलाई कोरोना उपचारमा खटाईने

आइतबार, ०९ चैत्र २०७६

काठमाडौं - सरकारी छात्रवृत्ति पाएर चिकित्सक बनिसकेका र बन्दै गरेका विद्यार्थीलाई सरकारले कोरोना भाईरस कोभिड १९ रोकथाम तथा नियन्त्रणको कार्यमा परिचालन गर्ने भएको छ । चीनबाट शुरु भई विश्वव्यापी रुपमा महामारीका रुपमा फैलदैं गएको उक्त भाईरसका विरुद्ध नेपालले विशेष तयारी गरिरहेको छ । सोही उपचार प्रकृयालाई थप प्रभावकारी बनाउन मेडिकल कलेजहरुबाट उत्पादन भईसकेका तथा अध्ययनरत विद्यार्थीलाई परिचालन गर्न स्वास्थ्य मन्त्रालयले सातैवटा प्रदेशका मुख्य मन्त्रीलाई पत्राचार गरेको हो । 

प्रदेश अन्र्तगतका मेडिकल कलेजहरुबाट उत्पादन भईसकेका र अध्ययन गरीरहेका विद्यार्थीलाई ४ वर्गमा विभाजन गरी जनशक्ति व्यवस्थापन गर्न  स्वास्थ्य मन्त्री भानुभक्त ढकालले निर्णय गरेका थिए । सोही निर्णयका आधारमा मन्त्रालयले प्रदेश मुख्य मन्त्री कार्यालयलाई पत्राचार गरेको हो । 

सरकारी छात्रवृत्तिमा एमविविएस अध्ययन गरी कार्य शुरु गरिसकेका अधिकृतहरुलाई, छात्रवृत्तिबाटै एम डी, एम एस गरिसकेका बरिष्ठ चिकित्सकहरुलाई उपचारमा परिचालन गर्न भनिएको छ । यस्तै एमविविएस र एम डी, एमएस गर्दै गरेका विद्यार्थीलाई पनि उपचारमा खटाउन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ । यसरी खटाउँदा साविकमा गर्दै आएको कामको सेवा प्रवाह नरोकिने गरी परिचालन गर्न भनिएको छ । 

रोगको सक्रमण फैलिन नदिन सरकारले लामो दुरीका सार्वजनिक सवारी, अन्र्तराष्ट्रिय उडानमा रोक लगाएको छ भने सीमा नाकाहरुमा निगरानी बढाएको बताएको छ । 

प्रतिक्रिया