काठमाडौं - स्थगित गरिएका कक्षा १० र १२ को परीक्षा सञ्चालनका बारेमा अध्ययन गर्न गठित समितिले अहिलेकै जस्तो अवस्था कायमै रह्यो भने असार पहिलो साता सम्म परीक्षा गर्न सकिने निश्कर्ष सहितको प्रतिवेदन सरकारलाई बुझाएको छ । कारोना भाईरस (कोभिड-१९) को जोखिमका कारण अन्तिम समयमा स्थगित भएका परीक्षा सञ्चालनका बारेमा अध्ययन गर्न परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेल संयोजकत्वमा गठित समितिले शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई बिहीबार प्रतिवेदन बुझाएको हो ।
कोरोनाको अहिलेको अवस्था हेर्दा जेठ अन्तिम सम्ममा अवस्था सामान्य हुन सक्ने आँकलन सहित समितिले, सोचे जस्तै भएमा स्वास्थ्य सचेतता अपनाउँदै असारको पहिलो साता परीक्षा गर्न सकिने निश्कर्ष निकालेको श्रोतले बताएको छ । दुबै कक्षाको एकै दिन विहान र दिउँसो परीक्षा गर्न सकिने सुझाव दिईएको छ । तर, त्यस अघि विभिन्न ३ वटा निकायबाट मञ्जुरी जरुरी हुने प्रतिवेदनमा उल्लेख छ ।
उपप्रधानमन्त्री ईश्वर पोखरेल संयोजकत्वको कोभिड नियन्त्रण र रोकथाम सम्बन्धि उच्चस्तरीय समिति, शिक्षा मन्त्रालय र जिल्ला तहमा रहेका प्रमुख जिल्ला अधिकारी संयोजकत्वका जिल्ला परीक्षा समन्वय समितिले दिने मञ्जुरी पछि मात्रै परीक्षा सञ्चालन गर्न सकिने प्रतिवेदनमा लेखिएको छ । कक्षा १२ को परीक्षा आफैंले स्थगित गरेको भए पनि १० को परीक्षा उक्त उच्च स्तरीय समितिले स्थगित गर्ने निर्णय गरेको आधारमा उसको मञ्जुरी खोजिएको हो ।
१८ पृष्ठमा विभिन्न अनुसूची सहित बझाईएको प्रतिवेदनका २ खण्डमा सिफारिस समेटिएको छ । परीक्षा गर्ने निर्णय भयो भने जेठ अन्तिम साता गर्न पनि बोर्ड तयार हुने प्रतिवेदनमा उल्लेख छ । तर त्यस अघि माथि उल्लेखित ३ निकायको स्विकृती, सामाजिक दूरी कायम रहने गरी परीक्षा केन्द्रको व्यवस्थापन, स्थानीय सरकार र स्वास्थ्य संस्थाहरुको समन्वयमा परीक्षा केन्द्रमा हेल्थ डेक्सको स्थापना, शान्ति सुरक्षाको प्रत्याभुती हुनु पर्ने प्रतिवेदनम उल्लेख छ ।
यस अघि तोकिएका १ हजार ९ सय ९५ परीक्षा केन्द्र अन्र्तगत उपकेन्द्रहरु बनाएर विद्यार्थीलाई घर पायक पर्ने गरी परीक्षा गर्न सकिने प्रतिवेदनमा सिफारिस गरिएको छ । ५ सय भन्दा धेरै विद्यालयमा अहिले क्वारेण्टाईन बनाईएकोले परीक्षा अघि ती विद्यालयहरुको निर्मलीकरण गर्न जरुरी रहेको पनि प्रतिवेदनमा सिफारिस गरिएको छ ।
परीक्षा लिएको ४५ दिन भित्र नतिजा निकाल्न सकिने बोर्डको क्षमता रहेको भन्दै समितिका संयोजक पौडेलले आफूहरुलाई प्राप्त म्याण्डेडका आधारमा प्रतिवेदन बुझाएको बताए । उक्त प्रतिवेदन सरकारको सम्पत्ति भएकाले त्यसमा भएका विस्तृत कुरा शिक्षा मन्त्रालयबाटै बुझ्न उनले सुझाव दिए ।
'परीक्षा नगरे पनि हुन्छ भन्ने खालका कुराहरु विभिन्न मिडियामा आएको देख्दै पढ्दै त छौं, तर हामीले गरेको छलफलमा सहभागी सबै क्षेत्रका प्रतिनिधिले परीक्षा गर्नै पर्छ भन्ने सुझाव दिएको आधारमा हामीले शिक्षा मन्त्री ज्यूलाई प्रतिवेदन बुझायौं' उनले भने 'कुनै न कुनै दिन त अवस्था नर्मल भईहाल्छ अनी लिदाँ पनि हुन्छ भन्ने मत आएको छ, त्यसो हो भने बोर्ड तयारी हालतमा बस्ने र गृहकार्य गर्ने भन्ने आधारमा हामीले सुझाव दिएका छौं ।'
प्रतिवेदनका बारेमा विस्तृत बताउन नचाहे पनि उनले ३ वटा विषयमा आधारित रहेर आगामी मार्गचित्र समेत सिफारिस गरेको भने बताएका छन् । कक्षा ८ को परीक्षा स्थानीय सरकार, १० को प्रदेश सरकार र १२ को संघीय सरकार अन्र्तगत रहेको बोर्डले लिने गरी संरचना बनाउन आवश्यक रहेको कुरा प्रतिवेदनमा सिफारिस गरिएको बताएका छन् । यसै गरी प्रविधि प्रयोगको अवस्था सुधार र व्यापक बनाउनु जरुरी रहेको तथा शिक्षालाई सीप युक्त तथा जीवन उपयोगी बनाउन सकेमा आगामी दिनमा विद्यार्थीको परीक्षण र मूल्याँकन सहज हुन सक्ने मार्गचित्र बुझाएको उनले बताए ।
प्रतिवेदन तयार पार्नु अघि विभिन्न सरोकारवालाहरु, विज्ञ तथा अभिभावकहरुसँग व्यापक छलफल गरी विभिन्न ८ वर्गमा सूचना वर्गिकरण गरेर विश्लेषण गरिएको पनि उनले बताए । आफूहरुलाई कक्षा १०, ११ र १२ को परीक्षाका बारेमा अध्ययन गर्न म्याण्डेड दिएकोले त्यस तलका कक्षाका बारेमा कुनै सिफारिस नगरे पनि छलफलका क्रममा उठेका विषयलाई जस्ताको त्यस्तै समेटिएको उनो भनाई छ । जस अनुसार वैशाख २५ गते भित्र १ – ९ को नतिजा प्रकाशन गर्ने, २५ पछि भिडभाड नहुने गरी भौतिक दूरी कायम गर्दै भर्ना प्रकिया अघि बढाउने लगायतका कुरा पनि प्रतिवेदनमा समेटिएको छ । कक्षा ११ को परीक्षा बारेमा भने आफूहरुले केही कुरा नबोलेको उनले बताए ।
फोटो : शिक्षा मन्त्रीको निजी सचिवालय
परीक्षाका सन्दर्भमा हाम्रो सम्पादकीय पनि पढ्नुहोस् : शिक्षा मन्त्रालयको सामुन्ने आएको अपजस मेटाउने मौका
हावा प्रतिबेदन । जनअान्दाेलनले गर्दा हाम्राे पनि २ वर्ष पुरै खेर गएकाे थियाे । स्थिती सामान्य नहुदासम्म चुप लागेर बसे हुन्छ ।
Other countries are finding ways to fight COVID-19 and Nepal is searching for ways to conduct exams
सधै लकडाउन मात्रै पनि त समस्याको समाधान नहोला नी आखिर कहिले सम्म यो बन्दाबन्दी बेलैमा उचित र उच्च सतर्कता अपनाएर अत्यावश्यक शिक्षा स्वास्थ अनि बिस्तारै सबै कुरा सहज हुनु पर्छ नत्र कोरोना भन्दा पनि अर्को भयावह स्थिति नआउला भन्न सकिन्न!!
जनजीवन सामान्य भै नसक्दा सम्म परीक्षाको बारेमा विद्यार्थी एवम् अभिभावकको मनोबैज्ञानिक असर पर्ने हल्ला नचलाउदा नै बेस हुन्छ । केही विद्यार्थी बाहेक मानसिक रूपमा अधिकान्श विद्यार्थी परीक्षाको लागि तयार छैनन् । यतिबेला सबैजना यो महामारीको नियन्त्रण तथा रोकथामतिर नै लाग्नुपर्छ ।
It is easy to say social distancing .How can my friend comes to his ktm.college from danger zone (kapilvastu ,banke ) in a bus
I would suggest that marks should be directly given to the student of grade 12 regarding the results of class 11 because in this stage it is too dangerous to take the exam. And class 10 exam results should be decided according to the concern exam organized by PABSON or school day results
अधिकांस विद्यालय र कलेजमा क्वारेन्टाइन छन । धेरै विद्यार्थी र शिक्षक टाढा टाढा पुगेका छन । अहिलेकै अवस्थामा परीक्षा कसरी संचालन हुन्छ? पहिला क्वारेन्टाइन हताउनुपर्छ, टाढा गएका शिक्षक र विद्यार्थीको लागि पहुच पुर्याउनु पर्दछ, अनि मात्र परीक्षा हुनसक्छ । परीक्षाको मर्यादा र विश्वसनीयता तहसनहस गरेर परीक्षा लिनु भन्दा नलिनु बेस हुन्छ ।
Ani hamilai corona lagyo bhane क्षतिपुर्ति सरकार ले तिर्छ त?
In my opinion you provide internet to all students who don't have then you can take exam through online otherwise promote all students. Corona is big problem and we haven't all medical facilities so life is important than exam.
Testo Garda student lai Dherai pressure parne huna le Internal marks herera direct result nikalda jati hunxa hola Kripaya yo Kura discuss gardinus
I would like to say that 10 class and 12 class exam will be held if covid19 will be normal or(control) incoming day then 10 $ 12 class exam will held in my view because as we all know that 10 class is called golden gate and Now 12 class is also called gate of success
रुटिङ् चाई अर्को आउँछकि पहिलेकै हो??