Edukhabar
शनिबार, ०८ बैशाख २०८१
खबर/फिचर

रोकिएका परीक्षा र विद्यालय सञ्चालनको मापदण्ड बनाउँदै शिक्षा मन्त्रालय

शनिबार, १७ जेठ २०७७

काठमाडौं - कोभिड - १९ को जोखिमसँगै तय गर्नु पर्ने पठनपाठनको नयाँ विधि, विद्यालय र रोकिएका परीक्षा सञ्चालनका बारेमा आवश्यक मापदण्ड निर्माणको कार्यलाई अन्तिम चरणमा पुर्याएको शिक्षा मन्त्रालयले जनाएको छ । शिक्षा बजेटका सन्दर्भमा शुक्रबार शिक्षा पत्रकार समुहले गरेको भर्चुअल शिक्षा संवादमा बोल्दै शिक्षा मन्त्रालयका सहसचिव कृष्णप्रसाद काप्रीले चाँडै नै उक्त मापदण्ड सार्वजनिक गर्ने बताए ।

'मुख्य कुरा सिकाइ सहजीकरण गर्नु पर्ने छ, तुरुन्तै सिकाइलाई निरन्तरता दिनु पर्ने विषय छ, त्यसका लागि उपकरण र प्रविधि पहुँचको आधारमा हामीले वर्गिकरण गरेका छौं र त्यसको आधारमा छिट्टै नै हामी एउटा मार्ग दर्शन तयार गर्छौ उनले भने 'अर्को कुरा विद्यालय पुन सञ्चालनको विषय हो र अर्को विषय रोकिएका परीक्षा व्यवस्थापनको विषय हो यी तिनै कुरा समेटेर मापदण्ड निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।'

रोकिएका परीक्षा हुने नहुने ? नयाँ शैक्षिक सत्र कुन मोडलमा सञ्चालन हुने ? पठन पाठनको विधि के हुने भन्ने बारेमा यतिका समय सम्म मन्त्रालयले कुनै निर्णय गर्न नसकेको भन्दै आलोचना जारी रहेका बेला काप्रीको उक्त भनाई सार्वजनिक भएको हो । अहिलेको सबै भन्दा ठूलो संकट भनेको कोभिड १९ का कारण परेको प्रभाव हो भन्ने कुरामा मन्त्रालय गम्भिर रहेको उनले बताए । अहिलेको मुख्य चुनौती सिकाइ संकट भएको बताउँदै उनले विद्यालयको पठन पाठन बन्द हुँदा घरमै बस्न बाध्य ८० लाख बालबालिकाको पठनपाठनका लागि आवश्यक नयाँ विधि निर्माणको काम अन्तिम चरणमा पुगेको र केही दिनमै सार्वजनिक गर्ने उनले बताए ।

यसका लागि सांसदहरुको सुझाव प्राप्त भएको र सोही आधारमा मार्गदर्शन जारी गर्ने तयारी रहेको उनको भनाई छ । उक्त मापदण्ड कार्यान्वयन गर्ने भूमिका धेरै जसो स्थानीय तहकै हुने गरी तयारी गरिएको पनि उनले बताए ।

'अहिले भएका पाठ्यक्रम पाठ्यपुस्तक त छँदै छन् तै पनि अनलाईन लर्निङ्को लागि टेलिभिजन रेडियो लगायतको पहुँच नभएको वर्गको लागि पनि कम्तिमा कस्टुमाईज लर्निङ् प्रिण्टेड मेटेरियलहरु पनि पुर्याउनु पर्छ भनेर एउटा कार्यविधि मापदण्ड तयार गरिरहेका छौं' उनले भने 'अर्को कुरा विद्यालय पुन सञ्चालनको विषय विश्वकै समस्या हो । विद्यालय पुन सञ्चालनको लागि ग्लोवल फ्रेमवर्क जारी भएको छ, हामीले के कस्ता विधि र मापदण्ड तयार गर्ने र विद्यालय खोल्नु पूर्व ध्यान दिनु पर्ने विषय के छ ? स्वास्थ्यको प्रोटोकल के छ, आपतकालिन अवस्था आयो भने कसरी पठन पाठन सुचारु गर्ने भन्ने जस्ता धेरै पक्ष छन् त्यसका लागि मापदण्ड जारी गर्नु पर्ने भनेर हामीले गृहकार्य गरिरहेका छौं ।'

रोकिएका परीक्षा के हुने हो भन्ने बारेमा विद्यार्थी अभिभावकलाई परेको चिन्ता र चासो प्रति पनि उक्त मापदण्डबाटै सम्बोधन गर्ने तयारी रहेको उनको भनाई छ । कक्षा १० को अन्तिम परीक्षा १२ घण्टा अघि रोकिएको थिाये भने कक्षा ११ र १२ को परीक्षा पनि स्थगित गरिएको छ । 

'कक्षा १० को परीक्षाका बारेमा थुप्रै विद्यार्थी अभिभावकलाई चिन्ता र चासो छ, कसरी यसको व्यवस्थापन गर्ने ? ११ को त छु्ट्टै छ पछि पनि लिन सक्छौ तर १२ को त अर्को चरणको पढाईमा जान बाटो खोल्ने भएको कारणले थप छलफल गर्नु पर्ने छ' उनले भने, 'परीक्षा व्यवस्थापनको लागि प्रदेश स्थानीय तहसँग कसरी सहकार्य गर्ने ? परीक्षा नै लिएनौं भने पनि केही विधि त तय गर्नु पर्यो, सर्टिफिकेशन त गर्नु पर्यो, बैकल्पिक मूल्याँकनका विधि के हुन सक्छन् ? त्यसका बारेमा हामी छलफल गरिरहेका छौं ।'

कोभिडले सिकाइमा पार्ने प्रभाव सम्बोधनका लागि आगामी बर्षको बजेटमा पनि उल्लेख भएको उनले बताए । बजेटमा उल्लेख शिक्षाका विषयका बारेमा भएको उक्त छलफलमा व्यक्त सरोकारवालाहरुको विचार सहितका खबर पढ्नुहोस् : सामुदायिक सुधार्ने जिम्मा निजीलाई 'दुधको साक्षी बिरालो'

प्रतिक्रिया