Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
खबर/फिचर

रोकिएका परीक्षा गरिछाड्ने शिक्षा मन्त्रीको 'मुड', भन्छन् अन्योल धेरै दिन रहँदैन

मंगलबार, २७ जेठ २०७७

काठमाडौं - रोकिएका परीक्षा कहिले र कसरी सञ्चालन हुन्छन् भन्ने अन्योल जारी रहेका बेला सरकारले उपयुक्त समयमा सञ्चालन  गर्ने नीति अख्तियार गर्ने तयारी गरेको छ । कोरोना भाईरसको जोखिम न्यूनिकरण गर्न जारी लकडाउनका कारण अन्योलमा रहेका परीक्षाका बारेमा केही दिन भित्रै निर्णय गर्ने तयारमिा सरकार रहेको शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले जानकारी गराएका छन् ।

परीक्षा जरुरी नरहेको भन्दै शिक्षा विज्ञहरुले सुझाव दिदैं आएका छन् । प्रतिकुल अवस्था आएकोले विद्यालयले लिदैं आएको आन्तरिक मूल्याँकनका आधारमा कार्य गर्न उनीहरुको सुझाव जारी छ । तर मन्त्रीको मुड भने परीक्षा सञ्चालन गर्न मै केन्द्रित देखिन्छ । जुन कुरा संसदमा उनले व्यक्त धारणाले पनि पुष्टि गरेको छ ।

बजेटका बारेमा संसद बैठकमा उठेका प्रश्नहरुको उत्तर दिदैं मन्त्री पोखरेलले अन्योलतालाई सरकारले तत्काल स्पष्ट पार्ने उल्लेख गरे ।

'महामारीका कारण अवरुद्ध भएको कक्षा १०, ११ र १२ तथा विश्वविद्यालयका विभिन्न परीक्षा र सीटिईभिटिका परीक्षाका सन्दर्भमा भएका अन्योलतालाई सरकारले तत्काल स्पष्ट पार्ने छ' उनले भने 'विद्यालय तह स्नातक तह स्नातकोत्तर तह लगायत सबै तहका अन्तिम बर्ष वा अन्तिम समेष्टरका परीक्षा केही समय कुरेर भए पनि उपयुक्त समयमा सञ्चालन गर्ने हाल पहिलो समेष्टर पढाई सकेकालाई परक्षिा नलिईकन पनि अर्को सेमष्टरमा लगि पढाई शुरु गर्ने, र परीक्षाको सन्दर्भमा उपयुक्त समयमा परीक्षा लिने, शैक्षिक सत्र क्षती हुन नदिने तर्फ अन्तिम गृहकार्य भईरहेको छ ।' 

परीक्षाका सन्दर्भमा विद्यार्थी तथा अभिभावकमा भएका अन्योलतालाई धेरै दिन नरहने भन्दे मन्त्री पोखरेलले महामारकिो बेलामा पनि शिक्षामा बजेट वृद्धि भएको दावी गरे । उच्च स्तरीय समिति र उपसमितिको सुझाव अनुसार सिकाइ निर्देशिका जारी गरेको, संविधानमा शिक्षा मौलिक हकमा रहेको स्मरण गर्दै उनले सामुदायिक विद्यालय सुधारमा निजी विद्यालयको सहभागितामा घुमाउरो शैलीमा पहिलेकै कुरा दोहोर्याए । 

कोभिडले मौका ल्याएको, व्यक्तिलाई यान्त्रिक बाट स्वअध्ययन र स्वसिकाइमा केन्द्रित गरेको उल्लेख गरे ।

संसदमा ४३ जनाले प्रश्न र जिज्ञासा राखेका थिए ।

संसदमा मन्त्री पोखरेलले व्यक्त गरेको धारणाको यो खबर पनि पढ्नुहोस् : संसदमा शिक्षा मन्त्रीको 'गोलमटोल' जवाफ, सांसद सोध्छन् राजिनामा दिनु पर्ने हैन र ?

प्रतिक्रिया