Edukhabar
शनिबार, ०८ बैशाख २०८१
खबर/फिचर

वैकल्पिक सिकाइका लागि स्थानीय सरकारलाई २४ करोड, विद्यालय संख्याको आधारमा रकम पाउने

आइतबार, ३२ जेठ २०७७

काठमाडौं - कोरोना भाईरस कोभिड १९ का कारण विद्यादयमा पठन पाठनमा वाधा आएकोले वैकल्पिक सिकाइमा खर्च गर्ने गरी अर्थ मन्त्रालयले २४ करोड ६ लाख रुपैंया निकासा गरेको छ । उक्त रकम शिक्षा मन्त्रालय मार्फत पालिकाहरुलाई दिईने छ । गत जेठ १८ गते वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका जारी गरे पछि शिक्षा मन्त्रालयले प्रारम्भिक रुपमा सहयोग गर्ने योजना अनुसार २८ करोड रुपैंया माग गरेको थियो । 

उक्त माग अनुसार प्राप्त भएको रकम पालिकामा रहेका सामुदायिक विद्यालयको संख्याका आधारमा पालिकालाई दिईने मन्त्रालयले येजजा बनाएको श्रोतले जनाएको छ । ५० भन्दा कम विद्यालय रहेको पालिकालाई ३ लाख, ५१ देखि सय भन्दा कम विद्यालय रहेका पालिकालाई ४ लाख र सय भन्दा धेरै विद्यालय रहेका पालिकालाई  ५ लाख रुपैंया प्रदान गर्ने मन्त्रालयको योजना छ । 

उक्त रकम स्थानीय रेडियो स्टेशन मार्फत् हुने कक्षा, शिक्षा मन्त्रालय र अन्र्तगतका निकायले तयार पारेका विभिन्न शैक्षिक सामग्री छपाई र स्थानीय सरकारले आफैं निर्माण गर्ने सामग्रीहरुमा खर्च गर्नु पर्ने छ । रकम प्राप्तिको मापदण्ड तथा उक्त रकम खर्चको क्षेत्र निर्धारण गरेर मन्त्रालयले निर्देशिका निर्माण गर्ने जनाईएको छ । 

विद्यालय र शिक्षकलाई प्रविधि मैत्री बनाउनु पर्ने काम निकै पहिले गर्नु पर्ने भए पनि राज्यको ववास्ताका कारण संकटका बेला समस्या आएको छ । तत्काल संकट समाधान गर्न उक्त निर्देशिका जारी गरे पनि आवश्यक रकम तय गर्न नसकेको भन्दै सरकारको आलोचना भईरहेको छ । कोभिडका कारण सिकाइमा आएको चुनौती समाधान गर्न आगामी बर्षको बजेटमा १ अर्ब ६४ करोड छुट्याएको शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले गत मंगलबारको संसद बैठकमा जानकारी गराएका थिए । 

 

प्रतिक्रिया