Edukhabar
विहीबार, १३ बैशाख २०८१
खबर/फिचर

शिक्षकहरुको सार्वजनिक विदा समाप्त

बुधबार, ०७ साउन २०७७

काठमाडौं - कोरोना भाईरस (कोभिड - १९) को संक्रमण जोखिम घटाउन सरकारले घोषणा गरेको लकडाउन अवधिभर सार्वजनिक विदा दिईएका शिक्षक, कर्मचारीहरुको विदा सकिएको त्रिभुवन विश्वविद्यालयले जनाएको छ । सरकारले मंगलबार राति देखि लकडाउन हटाएको घोषणा गरेसँगै विश्वविद्यालयले पनि शिक्षक कर्मचारीको सार्वजनिक विदा सकिएको जनाएको हो । 

साउन ६ गते मध्यरात देखि नेपाल सरकारले लकडाउन अन्त्य गर्ने निर्णय गरेकोले उक्त सार्वजनिक विदा पनि समाप्त भएको विश्वविद्यालयको रजिष्ट्रारको कार्यालय अन्र्तगतको सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख सूर्यप्रसाद अधिकारीद्वारा सार्वजनिक सूचनामा उल्लेख छ । लकडाउन घोषणा भएसँगै विश्वविद्यालयले नियमित परीक्षा र अन्य शैक्षिक गतिविधि स्थगित गरेको थियो ।  स्वास्थ्य सुरक्षा निर्देशिकालाई अवलम्बन गर्दै विश्वविद्यालय अन्र्तगतका सबै क्याम्पस बुधबारबाट खुल्ने विश्वविद्यालयले जनाएको छ । तर,विद्यार्थीको नियमित पठनपाठन र पुस्तकालय सञ्चालन लगायतका नेपाल सरकारले निषेध गरेका कार्यहरु सञ्चालन नहुने उक्त सूचनामा उल्लेख ।  

सरकारले लकडाउन खुकुलो बनाएसँगै असार १ गते देखि विश्वविद्यालयको प्रशासन खुलेको थियो । 

प्रतिक्रिया