Edukhabar
विहीबार, १३ बैशाख २०८१
खबर/फिचर

शिक्षा मन्त्रीलाई कोरोना संक्रमण

आइतबार, २५ असोज २०७७

काठमाडौं - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण भएको छ । गए राति ज्वरो आए पछि उपचारका लागि पाटन अस्पताल गएका पोखरेलको स्वाव परीक्षण गर्दा आइतबार कोभिड १९ पोजिटिभ देखिएको मन्त्रीका स्वकीय सचिव पुरन खड्काले जानकारी दिए । 

'उहाँलाई अलिक ज्वरो आएको थियो, त्यसैले उपचारका लागि पाटन अस्पताल गएका थियौं, त्यहीँ भर्ना भए पछि दिईएको स्वावको रिपोर्ट पोजेटिभ आएको हो' उनले भने 'उहाँको सम्पर्कमा रहेका सबैलाई सजगता अपनाउन मन्त्री ज्यूले आग्रह गर्नु भएको छ ।'

मन्त्रीको निकट रहेका अन्य ६ जनाको स्वावको नमूना दिईसकिएको उनले बताए । अहिले पोखरेललाई सामान्य ज्वरो आएपनि अन्य स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए । मन्त्री पोखरेल रक्तचाप र मधुमेहका विरामी पनि हुन् ।  

यस अघि शनिबार नै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया