निजी श्रोतका शिक्षकको पारिश्रमिक भुक्तानी र करार निरन्तरता दिन पत्राचार


चितवन - भरतपुर महानगरपालिका भित्रका सामुदायिक विद्यालयमा कार्यरत निजी श्रोतका शिक्षकको पारिश्रमिक भुक्तानी गर्न र करार निरन्तरता दिन पालिकाको शैक्षिक प्रशासन महाशाखाले सबै विद्यालयलाई पत्राचार गरेको छ । कोभिड १९ को वहाना बनाएर आँफूहरुलाई पारिश्रमिक नदिएको तथा सेवाबाटै हटाएको भन्दै निजी श्रोतका शिक्षकहरुले पालिकामा लिखित ध्यानाकर्षण गराए पछि पालिकाले उक्त पत्राचार गरेको हो । 

'विद्यालयहरुले निजी श्रोत शिक्षकहरुलाई काममा लगाएको अवधिको पारिश्रमिक भुक्तानीको व्यवस्था गर्नुका साथै आपसी समझदारीका आधारमा विद्यालयको आन्तरिक स्रोत साधनको उपलब्धता र आवश्यकताका आाधरमा सम्भव भए सम्म दुई पक्ष बीचको करारलाई निरन्तरता दिने गरी समस्याको समाधान गर्न' पालिकाले पत्राचार गरेको हो ।