Edukhabar
विहीबार, १३ बैशाख २०८१
खबर/फिचर

निजी विद्यालयको शुल्क निर्धारण, निर्णयको १९ दिन पछि सार्वजनिक

शुक्रबार, २१ कार्तिक २०७७

मकवानपुर - कोभिड - १९ का कारण शैक्षिक गतिविधि सञ्चालन नहुँदा पनि निजी विद्यालयहरुले शुल्क लिएको गुनासो सार्वजनिक भईरहँदा हेटौंडा उपमहानगरपालिकाले निजी विद्यालयको शुल्क निर्धारण गरेको छ । नगर कार्यपालिकाको कात्तिक ३ गते बसेको बैठकले गरेको निर्णयलाई हवाला दिदैं शुक्रबार सार्वजनिक विवरणमा कक्षा १ देखि १० सम्मको उच्चतम शुल्क निर्धारण गरेको उल्लेख छ ।

विद्यालयहरुलाई तीन वर्गमा विभाजन गरेर चालु शैक्षिक सत्रका लागि तोकिएको शुल्कमा वैकल्पिक कक्षाका लागि सबै विद्यालयहरुमा ३० प्रतिशत शुल्क सहुलियत दिने निर्णय गरिएको छ । गत असोज २७ गते बसेको नगर शिक्षा समितिले चालु शैक्षिक सत्रका लागि शुल्क तोकेको थियो । सोही शुल्कका आधारमा वैकल्पिकको सहुलियत शुल्क निर्धारण गरिएको छ । 

तोकिएका तीन वर्ग क, ख र ग वर्गका विद्यालयहरु मध्ये ग वर्गका लागि निर्धारित शुल्कमा ख वर्गकाले बढिमा २५ प्रतिशत र क वर्गकाले बढिमा ५० प्रतिशत शुल्क थप गरी निर्धारण गरिएको छ । विद्यालयले वैकल्पिक माध्यमबाट चालु शैक्षिक सत्र सञ्चालन गरे वापत अभिभावकको सहमतीमा कक्षामा सहभागी विद्यार्थीको मात्र शुल्क लिन पाउने छन् । कक्षा सञ्चालन नभएको अवधिको शुल्क लिन पाइने छैन । 

शैक्षिक सत्रको ७ महिना सम्म पनि शुल्कका बारेमा स्पष्ट व्यवस्था नगर्दा कतिपयले मनदाग्दी शुल्क लिएर अभिभाकको ढाड सेक्दै आएका थिए । शुल्क लिने तर शिक्षक, कर्मचारीलाई तलब नदिने हर्कत गर्ने निजी विद्यालय सञ्चालकहरुको शैलीको पनि आलोचना हुँदै आएको थियो । यो अलमलले विद्यालयहरु बन्द हुँदा पनि शैक्षिक गतिविधि सञ्चालन गर्दै आएका विद्यालयहरु भने मारमा परेका थिए । 

चालु शैक्षिक सत्रमा निजी विद्यालयले लिन पाउने शुल्क निर्धारण गरेको बारे उपमहानगरले गरेको निर्णय :

प्रतिक्रिया