Edukhabar
विहीबार, १३ बैशाख २०८१
खबर/फिचर

कोभिड संक्रमित शिक्षक कर्मचारीले २८ दिन सम्म विदा पाउने

मंगलबार, २५ कार्तिक २०७७

मोरङ - विराटनगर महानगरपािलकाले कोरोना भाईरस (कोभिड - १९) संक्रमण भएका शिक्षक कर्मचारीलाई २८ दिन सम्म विदा दिन सकिने निर्णय गरेको छ । महानगर क्षेत्रमा फैलिदैं गएको संक्रमणका कारण शिक्षक कर्मचारी पनि प्रभावित भएकाले उनीहरुले पाउँदै आएको नियमित विदाबाट कटौटि नहुने गरी विभिन्न ३ अवस्था उल्लेख गरी विदा दिने निर्णय गरिएको हो । 

गएको शुक्रबार गरिएको निर्णय अनुसार कोभिड पुष्टि भए पश्चातको १४ दिन आईसोलेसनमा बस्न र उक्त समय पछि पनि संक्रमण रहिरहे थप सात दिनको विदा नकाट्ने महानगरको निर्णय छ । यस्तै उक्त अवधि पछि थप आराम गर्न सात दिन थप विदा दिने पनि महानगरको निर्णय छ । 

सरकारले जारी गरेको सिकाइ सहजीकरण निर्देशिका बमोजिम महानगर भित्र सिकाइ कृयाकलाप सञ्चालन हुँदै आएको छ । विद्यालय प्रशासन सम्बन्धि गतिविधिहरु सञ्चालन भईरहेको तथा विद्यालयमा शिक्षकहरु उपस्थित भई विविध माध्यामबाट शिक्षक सिकाइ कृयाकलाप सञ्चालन भईरहेको महानगरले जनाएको छ ।  

प्रतिक्रिया