Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
खबर/फिचर

शिक्षक विद्यार्थीमा कोभिड देखिएसँगै विद्यालय बन्द

आइतबार, ११ माघ २०७७

सल्यान - कारोना भाईरस (कोभिड-१९) को संक्रमण देखिएसँगै बनगाड कुपिण्डे नगरपालिकाका तीन विद्यालयमा एक साताका लागि पठन पाठन बन्द गरिएको छ । मुक्ति माध्यमिक विद्यालय, गंगा प्राथमिक विद्यालय र प्रभाकर माध्यमिक विद्यालयको पठनपाठन बन्द गरिएको हो । यी तीन वटा विद्यालयका ४६ जनाको स्वाब संकलन गरी पीसीआर परिक्षण गर्दा शिक्षक र विद्यार्थी गरी १६ जनामा कोरोना पोजेटिभ देखिएको छ । कोभिडको लक्षण देखिए पछि संकलन गरिएको ४६ जनाको स्वाबको रिपोर्ट अनुसार उनीहरुमा पोजेटिभ देखिएको हो । 

बाँकी शिक्षक र विद्यार्थीमा पनि कोरोना हुनसक्ने सम्भावना देखिए पछि सबैजनाको स्वाब संकलन गरी परीक्षणका लागी सुर्खेत पठाइएको पालिकाले जनाएको छ । यो घटनाले कोरोनाको उच्च जोखिम देखिएकोले विद्यालय बन्द गरिएको नगर प्रमुख गोविन्द पुनले जानकारी दिए । तत्कालका लागि एक साता विद्यालय बन्द गरिए पनि सबैको रिपोर्ट नेगेटिभ नआउँदासम्म विद्यालय सञ्चालन गर्न नसकिने उनले बताए ।

पालिकामा आवश्यक स्वास्थ्य सावधानी अपनाउन पालिकाले सार्वजनिक आह्वान गरेको छ । 

प्रतिक्रिया