Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
खबर/फिचर

कक्षा १२ को नजिता सार्वजनिक

सोमबार, १९ माघ २०७७

भक्तपुर - राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । विहान बसेको परीक्षा बोर्डको बैठकले नतिजा सार्वजनिक गरेको हो । 

नियमित तर्फ परीक्षामा तीन लाख १० हजार तीन सय १६ जना सम्मिलित भएका थिए । ती मध्ये सबै भन्दा धेरै जीपीए २ दशमलब ४१ - २ दशमलब ८० मा एक लाख नौ हजार तीन सय १२ विद्यार्थीको ग्रेड वृद्धि भएको बोर्डले जनाएको छ । 

यस्तै ग्रेडबृद्धि तर्फ ९१ हजार नौ सय जना सहभागी थिए भने आँशिक तर्फ ३१ जार ५५ जना गरी चार लाख ३३ हजार २ सय ७१ जना परीक्षामा सहभागि भएको बोर्डले जनाएको छ । 

आँशिक तर्फका एक जनाको नतिजा रद्द गरिएको छ भने नियमित तर्फ छ हजार तीन सय २० जनाको स्थगित गरिएको छ । यस्तै दुई हजार नौ सय ८२ जना ग्रेडबृद्धि तर्फका र दुई हजार एक सय ८८ जना आँशिक तर्फका विद्यार्थीको नतिजा स्थगित गरिएको छ । आँशिक तर्फ २५ हजार दुई सय ८८ जना उत्तिर्ण भएका छन् ।  यो ८१ दशमलब ४३ प्रतिशत हो । 

गत बैशाख ८ गते देखि सञ्चालन हुनु पर्ने कक्षा १२ को परीक्षा कोरोना भाईरस कोभिड १९ का कारण पूर्णांक घटाएर गत मंसिर ९ गते देखि सञ्चालन गरिएको थियो । कक्षा १२ लाई को परीक्षा ४० प्रतिशत पूर्णांकको मात्र थियो । बाँकी ६० प्रतिशत मध्ये ४० प्रतिशत मूल्यांकन कक्षा ११ को नतिजाको आधारमा र २० प्रतिशत आन्तरिक मूल्यांकनका आधारमा गरिएको थियो । 

बोर्डले उक्त परीक्षाको नतिजा गत पुसको मध्य सम्ममै सार्वजनिक गर्ने बताउँदै आएको थियो । सोही आधारमा कतिपय कलेजहरुले नयाँ भर्नाको आवेदन खोलिसकेका छन् ।

प्रतिक्रिया