Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
शिक्षामा यो साता

चिकित्सा शिक्षा : डा. केसीको अर्को सत्याग्रह ?

आइतबार, १५ चैत्र २०७७
काठमाडौं - गत साताभरी प्रकाशन भएका प्रमुख विषयमा वि एण्ड सि मेडिकल कलेजको सम्बन्धन, डा. केसीले अनसन बस्ने चुनौती दिएको विषय, जुम्लामा एम डि को अध्यापन शुरु भएको, कोभिडको कारणले इण्टर्नसिप पूरा नगरी चाइनाबाट मेडिकल विद्यार्थी फिर्ता भएको रहेका छन । यस्तै अन्य विषयहरूमा पहुँच, महामारी, उच्च शिक्षा, पूर्वाधार, अनुदान र भयपूर्ण वातावरणसँग सम्बन्धी छन् । 
 
 
चिकित्सा शिक्षा 
 
– चिकित्सा शिक्षा सुधारका अभियन्ता गोविन्द केसीले नियम विपरित बि एण्ड सि मेडिकल कलेजलाई सम्बन्धन दिएमा प्रधानमन्त्री केपी ओली, केयु र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीको राजिनामा माग गर्दै आफू अनसनमा बस्ने चेतावनी दिएका छन् । केसीले पत्रकार सम्मेलनमा प्रधानमन्त्रीले सम्बन्धन दिन अस्वीकार गर्ने प्राज्ञिक संस्थाका पदाधिकारीहरुलाई धम्काएको आरोप लगाएका छन । केसीका अनुसार प्रधानमन्त्रीले आफ्नो राजनीतिक स्वार्थमा केयु, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र चिकित्सा शिक्षा ऐनलाई मिचेर सम्बन्धन दिन लागिरहेका छन । 
 
– अर्को समाचार अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा मेडिकल साइन्समा ग्राजुएट स्टडी (एम डि) को अध्यापन शुरु भएको छ । 
 
– यस्तै समाचार अनुसार कोभिडका कारण चाइनाबाट फर्किएका विद्यार्थी इण्टर्नसिप पूरा गर्न समस्यामा परेका छन । चाइनाका विभिन्न विश्वविद्यालयका १५२ जना विद्यार्थी नेपाल मेडिकल काउन्सिलमा इन्टर्नसिप गर्न पाउनुपर्ने माग गर्दै धर्ना बसेका छन । आफूहरु चाइना फर्कने अवस्था नभएकोले आफ्नो बाँकी इन्टर्नसिप नेपालमै गर्न पाउनुपर्ने माग गरेका छन् । 
 
कोभिड महामारी 
 
– समाचारमा उल्लेख भए अनुसार हिमाली जिल्लाका विद्यालयहरु जाडो समयमा दुइ महिना विदा भएपनि यो शैक्षिक सत्र भने २ महिना पछि बाट नै शुरु हुने भएको छ । कोभिड महामारीका करणले भएको बन्दाबन्दी पछि नेपाल सरकारले चालू शैक्षिक सत्र २ महिना थप गर्ने निर्णय गरेसँगै यसो हुन गएको हो । हिमाली जिल्लामा अन्य क्षेत्रमा भन्दा दुइ महिना पहिले फागुनबाटै शैक्षिक सत्र शुरु हुने गरेको थियो । गत वर्षको चैतबाट सरकारले बन्दाबन्दी गर्दा हिमाली क्षेत्रमा शैक्षिक सत्र शुरु भइसकेको थियो भने अन्य क्षेत्रमा वार्षिक परीक्षाको तयारी भइरहेको थियो । माघ महिनामा सरकारले शैक्षिक सत्र २ महिना थप गर्ने निर्णय गरेसँगै हिमाली क्षेत्रका विद्यार्थीले थप २ महिना अध्ययन गर्ने समय पाएका हुन । तर अर्को वर्ष भने उनीहरुको शैक्षिक सत्रमा चार महिनाको फरक पर्नेछ, २ महिना जाडो विदा हुनेछ भने २ महिना सरकारले शैक्षिक सत्र लम्बाएको कारणले असर पर्नेछ । 
 
– पाठक पत्रमा विद्यार्थीले भोगिरहेको सिकाइ सम्बन्धी तथा विभिन्न समस्याको वारेमा उल्लेख गरिएको छ । पत्रमा २ सय २० दिनमा सकाउनु पर्ने गरी छोट्याइएको पाठ्यक्रमको शिक्षणबाट विद्यार्थीको सिकाइमा समस्या भएको छ । यसले सिकाइ अझ कमजोर हुने भएकाले सम्बन्धित निकायहरुले प्रभावकारी योजना बनाएर अभिभावक र शिक्षकसमेतको संलग्नतामा बालबालिकाको मनोसामाजिक पक्षलाई ध्यान दिनुपर्ने उल्लेख गरिएको छ । 
 
– डोटी जिल्लाको बोगटान फुड्सिल गाउँपालिकामा भाइरल ज्वरो फैलिए पछि दक्षिणी क्षेत्रका तीन विद्यालय पाँच दिनको लागि बन्द गरिएको छ । शिक्षक विद्यार्थी तथा स्थानीय स्तरमा संक्रमण थप फैलिन नदिन विद्यालय बन्द गरिएको हो । 
 
अन्य विषयहरू 
 
– समाचार मूलक आलेखमा ओखलढुङ्गाको मोलुङ गाउँपालिकाको सरस्वती माध्यमिक विद्यालय कुन्तादेवीमा निशुल्क सेनिटरी प्याड वितरण शुरु भए पछि छात्रहरुको अनुपस्थिति दर घटेको छ । चिशंकुगढी गाउँपालिका स्थित प्रगति उच्च माध्यमिक विद्यालय बहादुरेका प्रधानाध्यापकले सेनिटरी प्याड व्यवस्थापन तथा सरसफाईका अन्य सुविधाहरू विद्यालयमा नभएको बताएका छन् । सरोकारवालाहरूले जिल्लाका ९५ प्रतिशत भन्दा बढी विद्यालयले सेनिटरी प्याड उपलब्ध गराएका भए पनि त्यसको उचित व्यवस्थापनमा ध्यान दिन नसकेको बताएका छन् ।  
 
– तनहुँको आँबुखैरेनी गाउँपालिकाको छिम्केश्वरी पहाडको लब्दी गाउँका बालबालिकाहरू कन्यादेवी मावि हिलेखर्क सम्म पुग्नका लागि धेरै समस्या भएको समाचारमा उल्लेख गरिएको छ । प्रत्येक दिन विद्यालय पुग्न उनीहरुलाई साढे दुई घण्टासम्म पैदल हिड्नु पर्छ । पहाडको लामो बाटो हिड्नु पर्दा हिउँचितुवा तथा जङ्गलको नजिकमा खराब नियत भएका मानिसहरुको डर भएको विद्यार्थीले बताएका छन् । 
 
– अर्को एक समाचार अनुसार एक कार्यक्रममा राष्ट्रिय महिला आयोगले सरकारले विद्यालयहरूमा महिला हिंसा विरुद्ध अतिरिक्त कक्षा सञ्चालन गर्नुपर्ने बताएको छ । मन्त्रालयका प्रवक्ताले सरकारले यस अघि नै सुरक्षित विद्यालयको गुरु योजना तयार गरिसकेको र कोभिड १९ ले सिर्जना गरेका समस्या समेत सम्बोधन हुने गरी यो कार्यान्वयन हुने वताएका छन् । 
 
– अर्को एक समाचारमा अनुसार पूर्वाञ्चल विश्वविद्यालयको मुल गेटमा ताला लागे पछि परीक्षा नियन्त्रकले एक हप्ता देखि टेण्टमा बसेर काम गरिरहेका छन् । उपकुलपतिले परीक्षा नियन्त्रण कार्यालयको परीक्षा व्यवस्थापन समितिसँग कुनै समन्वय नै नगरी कार्यकारी परिषद्बाट परीक्षा स्थगित गरे पछि यस्तो अवस्था सिर्जना भएको समाचारमा उल्लेख गरिएको छ ।  
 
– नुवाकोटमा भारतको सहयोगमा निर्माण गरिएका चार विद्यालयको उद्घाटन गरिएको र अफगानिस्तानमा विश्वविद्यालयको मिनिबसमा एक बन्दुकधारीले गोली हान्दा दुई जनाको मृत्यु भएको विषयहरु समेत समाचारका रुपमा प्रकाशन भएका छन् ।
 
‘शिक्षामा यो साता’ सञ्चार माध्यममा शिक्षाले पाउने स्थानलाई विश्लेषण गर्ने एउटा संयुक्त प्रयास हो । सञ्चार माध्यमले साता भर स्थान दिएका शैक्षिक विषय वस्तुको पहिचान र तिनको बृहत व्याख्या गर्दै, समाचारको पृष्ठभुमी व्याख्या गर्ने यो विश्लेषणको प्रमुख उद्देश्य हो । हामीलाई विश्वास छ यो प्रयासले नीति निर्माता र शिक्षासँग सम्बन्धित व्यक्तित्वहरुलाई यो क्षेत्रमा उठिरहेका सवाल र भइरहेका छलफलका विषयसँग साक्षात्कार गराउने छ । दैनिक पत्रिकाहरु कान्तिपुर र दी हिमालयन टाईम्समा चैत ४ देखि १० गते सम्म प्रकाशित शिक्षा सम्बन्धि विषयवस्तुलाई आधार बनाई शिक्षा नीति तथा अभ्यास केन्द्रसंगको सहकार्यमा एडुखबरद्वारा यो विश्लेषण गरिएको हो – सम्पादक ।
 
यो विश्लेषणलाई अँग्रेजीमा पढ्नुहोस् : Medical Matters : Dr GKC for another ‘Satyagraha’ ?

प्रतिक्रिया