Edukhabar
शनिबार, ०८ बैशाख २०८१
खबर/फिचर

विश्वविद्यालयको जग्गा पुनः प्रयोगको स्वीकृती

शुक्रबार, २७ चैत्र २०७७

काठमाडौं - त्रिभुवन विश्वविद्यालयको जग्गा पुनः प्रयोग गर्न विश्वविद्यालयलाई स्विकृती दिने सरकारले निर्णय गरेको छ । कीर्तिपुर स्थित परीक्षा नियन्त्रण कार्यालयको पश्चिम तर्फको गाङ्खेलको ६० रोपनी जग्गा विश्वविद्यालय अन्र्तगतको चिकित्सा शास्त्र अध्ययन संस्थानको प्रयोगका लागि स्विकृति प्रदान गरिएको हो । 

संस्थान अन्र्तगत नेफ्रोलोजी तथा यूरोलोजी लगायतका अन्य जटिल रोगको अध्ययन अध्यापन तथा तालिम सहित विशिष्ट स्वास्थ्य सेवा प्रदान गर्ने केन्द्र निर्माण हुने छ । जहाँ मेडिकल सुपरस्पेसियालिटी केन्द्र र राष्ट्रिय रोग निदान केन्द्र निर्माण हुने छ । सो जग्गा विश्वविद्यालयलाई पुनः प्रयोग गर्न गत शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकको स्विकृती दिएको सरकारका प्रवक्ता पार्वत गुरुङले सार्वजनिक गरेका छन् । 

 

प्रतिक्रिया