Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
खबर/फिचर

सबै परीक्षा स्थगित गर्ने निर्णय

सोमबार, १३ बैशाख २०७८

काठमाडौं - कोरोना भाईरस (कोभिड - १९) को नयाँ भेरियण्ट जोखिमका कारण त्रिभुवन विश्विविद्यालयले सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । सोमबार बसेको विश्वविद्यालयको केन्द्रीय परीक्षा सञ्चालक समिति बैठकले अर्को सूचना जारी नभएसम्मका लागि सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । 

यस अघि नै तय भईसकेका समेष्टर तथा वार्षिक सम्पूर्ण परीक्षा मंगलबार देखि अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको हो । 

बैठक पछि परीक्षा नियन्त्रक पुष्पराज जोशीद्वारा जारी विज्ञप्तिमा विश्वविद्यालयका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुको वार्षिक तथा समेष्टर प्रणालीका स्नातक तथा स्नातकोत्तर तहका सञ्चालित र सञ्चालन हुने प्रक्रियामा रहेका परीक्षाहरु स्थगित गर्ने निर्णय भएको उल्लेख छ । 

यस अघि आईतबार मात्रै कोभिड – १९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) ले सबै परीक्षा स्थगित गर्ने निर्णयका लागि सरकारलाई सिफारिस गरेको थियो । 

 

प्रतिक्रिया