Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
खबर/फिचर

कक्षा १२ को परीक्षा होम सेण्टरमै, पूर्णाङ्क सय

मंगलबार, ०५ साउन २०७८

भक्तपुर - कोरोना भाईरस (कोभिड - १९) को दोश्रो लहरका कारण स्थगित गरिएको कक्षा १२ को परीक्षा विद्यार्थीले पढेकै विद्यालय अर्थात् होम सेण्टरमा लिइने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले मंगलबार उक्त निर्णय गर्दै परीक्षाको समय तालिका सार्वजनिक गरेको छ । परीक्षा भदौ ९ गतेसम्म सञ्चालन गर्ने बोर्डले जनाएको छ । 

गत वर्ष कोभिडका कारण ४० प्रतिशत पूर्णाङ्कमा मात्रै परीक्षा लिईएको थियो तर यस पटक सय पूर्णाङ्कमा नै परीक्षा सञ्चालन हुनेछ ।

कोभिड संक्रमण जोखिमलाई मध्यनजर गर्दै निर्धारित केन्द्रमा परीक्षा सञ्चालन गर्ने साविकको शैली परीवर्तन गरी होम सेन्टरमा परीक्षा गर्ने निर्णय भएको बोर्डले जनाएको छ । गत जेठ २६ गते तय भएको यस बर्षको परीक्षा कोभिडको दोस्रो लहरको संक्रमणका कारण स्थगित गरिएको थियो । 

परीक्षा सञ्चालन गर्दा हरेक विद्यालयले महामारी विरुद्ध सरकारले जारी गरेको स्वास्थ्य माण्दण्ड पालना गर्नु पर्ने छ । परीक्षामा सहभागि हुन तीन लाख ८६ हजार विद्यार्थीले फाराम भरेको बोर्डले जनाएको छ । 

प्रतिक्रिया