Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
खबर/फिचर

शिक्षक दरबन्दी मिलान प्रति विरोध, शिक्षकले लगाएको ताला तोडेपछि झडप

शुक्रबार, ०४ भदौ २०७८

कञ्चनपुर - भीमदत्त नगरपालिकाले गरेको शिक्षक दरबन्दी मिलान प्रति विरोध जनाउँदै तालाबन्दीमा उत्रिएका शिक्षक र प्रहरी बिच झडप हुँदा एक दर्जन धेरै घाईते भएका छन् । नगर शिक्षा समितिले गरेको दरबन्दी मिलान प्रति सत्ताधारी दल नेपाली कांग्रेस निकट शिक्षक संघले नगरपालिकाको मूलगेटमा शुक्रबार गरेको तालाबन्दी प्रहरीले तोडेपछि झडप भएको हो ।

झडपमा परी ६ जना शिक्षक, २ जना नगरपालिकाका कर्मचारी र ९ जना प्रहरी घाईते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । उक्त ताला प्रहरीले खोल्ने क्रममा झडप भए पछि प्रहरीले अश्रुग्यास समेत हानेको थियो ।

 

प्रतिक्रिया