Edukhabar
मंगलबार, ०४ बैशाख २०८१
खबर/फिचर

शिक्षाका सहसचिवहरुको सरुवा

मंगलबार, २९ भदौ २०७८

काठमाडौं - सरकारले शिक्षा मन्त्रालयका सहसचिवहरुको सरुवा गरेको छ । मन्त्रालयका प्रवक्ता समेत रहेका सहसचिव दीपक शर्मालाई गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रालयमा र शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक बैकुण्ठ प्रसाद अर्याललाई पनि गण्डकी प्रदेशकै अर्थ मन्त्रालयमा सरुवा गरिएको छ । यसैगरी सुदुरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रदेश सचिवका रुपमा कार्यरत चुडामणि पौडेललाई शिक्षा मन्त्रालय र मन्त्रालयकै सहसचिव अणप्रसाद न्यौपानेलाई कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयमा सरुवा गरिएको छ । 

मन्त्री स्तरीय निर्णयबाट सरुवा गरिएको संघीय मामिला तथा सामान्य प्रशासनले जनाएको छ । सरकार गठन भएको यतिका दिन सम्म पनि सत्ताधारी दलहरु बिच मन्त्रालय बाँडफाँटमा सहमती हुन नसक्दा उक्त मन्त्रालयको जिम्मा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले नै लिएका छन् । 

प्रदेशको बसाई पुगेका र संघबाट प्रदेशमा जानु पर्ने ८५ जना सहसचिवको सरुवा गरिएको छ । 

सरुवा गरिएकाहरुको नामावली हेर्नुहोस् :

 

प्रतिक्रिया