Edukhabar
शनिबार, ०८ बैशाख २०८१
खबर/फिचर

विद्यालय विदाका १९ दिन खोप अभियान, समन्वयको जिम्मा प्रअलाई

सोमबार, २६ पुस २०७८

काठमाडौं - कोभिड संक्रमणको जोखिम बढ्दै गए पछि मंगलबार देखि माघ १५ गते सम्म विद्यालयमा विदा दिने र उक्त १९ दिने विदामा बालबालिकालाई खोप अभियान सञ्चालन गरिने भएको छ । विदाको अवधिमा विद्यालयका प्रधानाध्यापकले स्थानीय तहमा रहेको स्वास्थ्य चौकीसँग सम्पर्क गरी १२ बर्ष देखि १७ बर्ष उमेर समूहका विद्यार्थीलाई कोही पनि नछुट्ने गरी खोप लगाउने अभियानमा आवश्यक समन्वय र सहजीकरण गर्न मन्त्रालयले निर्देशन दिएको छ । 

आईतबार कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले गरेको सिफारिसका आधारमा सोमबार शिक्षा मन्त्रालयले देशभरका सबै आधारभूत तथा माध्यमिक विद्यालयहरुमा बार्षिक विदामा मिलान हुनेगरी बन्दको निर्णय गरेको थियो । उक्त निर्णय पछि मन्त्रालयका प्रवक्ता दीपक शर्माद्वारा जारी विज्ञप्तिमा विदाको उक्त अवधिमा १८ बर्ष भन्दा माथिका विद्यार्थी, शिक्षक कर्मचारी तथा अभिभावकलाई पनि खोप लगाउन आग्रह गरिएको छ । 

साथै उक्त विदाको समयमा सिकाइ सहजीकरण निर्देशिकाका आधारमा बालबालिकाको सिकाइ निरन्तर राख्न पनि मन्त्रालयले भनेको छ । विश्वविद्यालय एवं विभिन्न शैक्षिक प्रतिष्ठानहरुको पूर्व निर्धारित परीक्षाहरु स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना हुनेगरी जेड आकारमा बसाइ व्यवस्था गरी सञ्चालन गर्न सकिने मन्त्रालयले जनाएको छ । 

मन्त्रालयले जारी गरेको सूचना 

प्रतिक्रिया