Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
खबर/फिचर

पढाइ चार महिना, नौ महिनामै अर्को परीक्षा !

शनिबार, ०५ चैत्र २०७८

भक्तपुर - अहिले सम्म नियमित दुई महिनाको पढाइ र अघिल्लो शैक्षिक सत्रको परीक्षा सकिएको नौ महिनामै राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक तहको अन्तिम कक्षा १२ को परीक्षा लिने भएको छ । आगामी जेठ १६ गतेबाट परीक्षा शुरु हुने गरी बोर्डले तालिका सार्वजनिक गरेको छ । परीक्षा जेठ २५ गते सकिने छ । 

हेर्नुहोस् तालिका 

कोरोना भाईरस कोभिड १९ जोखिमका कारण अघिल्ला बर्षहरुमा जस्तै यस बर्ष पनि विद्यार्थीको पठनपाठनमा अवरोध भएको थियो । पढाइ अवरुद्ध हुँदा विद्यार्थीको सिकाइको अवस्था सन्तोषजनक छैन । अधिकाँश विद्यालयमा कोर्स समेत नसकिएको अवस्था छ । सामान्य अवस्था हुन्थ्यो भने साउनबाट पठनपाठन शुरु हुन्थ्यो । तर यस पटक असोज लागेपछि बल्ल पठनपाठन शुरु भएको थियो । त्यस लगत्तै परेका चार्डबार्ड र कोभिडको अमिक्रोन भेरियण्टका कारण शैक्षिक संस्थाहरु बन्द थिए । गत पुस र फागुन गरी अहिले सम्म दुई महिना मात्रै पुरा पढाइ भएको अवस्था छ । अर्थात् परीक्षा आउन बाँकी दुई महिना नियमित पढाइ भयो भने विद्यार्थीले चार महिना पढ्न पाउने छन् । चैतको पनि पहिलो साता त लगभग सकिईसकको छ । अहिले सम्म भएको पढाई र बाँकी चैत र बैशाखमा पढाइ भए पनि पुरै कोर्स सक्न हम्मे हम्मे पर्ने शिक्षकहरु बताउँछन् । यस्तो अवस्था जानकारी हुँदा हुँदै पनि बोर्डलाई कर्मकाण्डि शैलीको परीक्षामा मात्रै ध्यान भएको भन्दै शिक्षाविद्हरुले बोर्डको आलोचना गर्दै आएका छन् । 

तर बोर्डका अधिकारीहरुले भने शैक्षिक क्यालेण्डर नभत्काउन र विद्यार्थीको बर्ष क्षती हुन नदिन यसो गर्नुको विकल्प नभएको तर्क गर्दै आएका छन् । 

कोभिड जोखिमका कारण गत बर्ष पटक पटक स्थगित गरिएको परीक्षा विद्यालयमै सेण्टर कायम गरेर भदौ ३० गतेबाट शुरु गरिएको थियो । शुरुमा बैशाख, त्यस पछि साउनका लागि तोकिएको उक्त परीक्षा असोज ८ गते सकिएको थियो । 

त्यस भन्दा अघिल्लो बर्ष बोर्डले परीक्षा समय र अंक भार घटाएर ४० प्रतिशत मूल्यांकनका लागि मात्रै परीक्षा लिएको थियो । बाँकी ४० प्रतिशत मूल्यांकन कक्षा ११ को नतिजाका आधारमा र २० प्रतिशत आन्तरिक मूल्यांकनको आधारमा परीक्षा भएको थियो । उक्त मूल्यांकन पद्धति प्रभावकारी नदेखिएको भन्दै बोर्डले गत बर्ष सय पूर्णांककै परीक्षा गराएको थियो । 

प्रतिक्रिया