Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
खबर/फिचर

चुनावका तीन दिन वैकल्पिक पद्दतीबाट पठनपाठन

विहीबार, २२ बैशाख २०७९

भक्तपुर - आगामी बैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनका लागि मतदान केन्द्र तोकिएका विद्यालयहरु तीन दिन विदा हुने भएका छन् ।

२८ गते देखि ३० गते सम्म विद्यालयहरुमा विद्यार्थीको भौतिक उपस्थिती नगराउन र सो अवधिमा वैकल्पिक पद्दतीबाट पठनपाठनको व्यवस्था मिलाउन शिक्षा तथा मानव श्रोत विकास केन्द्रले निर्देशन दिएको छ ।

'वैशाख २८ गतेदेखि ३० गतेसम्म तीन दिनका लागि मतदानस्थल तथा मतदान केन्द्रहरु रहेका विद्यालयको उपयोग गर्नुपर्ने भएकोले मतदानस्थल तथा मतदान केन्द्र तोकिएका विद्यालयमा विद्यार्थीहरुको भौतिक उपस्थिति नगराउन' केन्द्रले गरेको परिपत्रमा भनिएको छ 'सो अवधिमा विद्यार्थीलाई वैकल्पिक पद्दतीबाट पठनपाठनको व्यवस्था मिलाउनु ।'

जिल्ला स्थित शिक्षा विकास तथा समन्वय इकाइलाई केन्द्रले पठाएको पत्रमा स्थानीय तहलाई आवश्यक सहजीकरण गर्न बोधार्थ दिईएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् र शिक्षा मन्त्रालयबाट प्राप्त पत्रका आधारमा उक्त परिपत्र गरिएको केन्द्रले पठाएको पत्रमा उल्लेख छ ।

प्रतिक्रिया