Edukhabar
शनिबार, ०८ बैशाख २०८१
खबर/फिचर

सांसद भन्छन् : शिक्षा मन्त्रालयको औचित्य छैन

विहीबार, २६ जेठ २०७९

काठमाडौं - शिक्षा मन्त्रालयको औचित्य नभएको भन्दै संसदमा आवाज उठेको छ । आगामी आर्थिक बर्षको बजेट माथि जारी मन्त्रालयगत छलफलका क्रममा बिहीबार भएको छलफलमा मजदुर किसान पार्टिका सांसद प्रेम सुवालले शिक्षा मन्त्रालयको औचित्य नभएको बताएका हुन् । 

'मत पत्र छापेको निउँमा विद्यार्थीलाई आवश्यक पाठ्यपुस्तक छाप्न नसक्ने विषय चिन्ताको विषय हो' उनले भने 'शिक्षा निशुल्क नभए शिक्षा मन्त्रालयको औचित्य छैन, ठगि गर्दै आएका विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएका कलेजहरुको खारेजी नगर्ने हो भने शिक्षा मन्त्रालयको औचित्य छैन ।'

भक्तपुरमा रहेको ख्वप कलेजले सम्बन्धन पाएमा १० / १५ लाखमा नै एमविविएस पढाउन सक्ने योजना बनाए पनि शिक्षा मन्त्रालयले त्यस तर्फ ध्यान नदिएकाले मन्त्रालयको औचित्य नभएको उनको भनाई छ । 

आफूले उठाएका शिक्षाका विषय प्रति काम गर्ने गरी नआएकाले बजेट कै औचित्य नभएको उनको भनाई छ । 

प्रतिक्रिया