Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
खबर/फिचर

कक्षा १२ को नतिजा सार्वजनिक, पहिलो पटक नन ग्रेडिङ उल्लेख

शुक्रबार, १७ भदौ २०७९

भक्तपुर - राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डका अनुसार ग्रेडिङ पद्धति २०७८ अनुसार नतिजा प्रकाशित गरिएको छ । नतिजा अनुसार ४ जिपीए ल्याउने संख्या शून्य रहेको बोर्डले जनाएको छ । 

४३ जनाको परीक्षा रद्द भएको छ भने जिपिए ३.६१ देखि ४ सम्म ल्याउने विद्यार्थीको संख्या चार हजार एक सय ७९ छ । साथै जिपिए १.६१ देखि २ ल्याउने विद्यार्थी संख्या ३५ छ ।

त्यस्तैगरी ३.२१ देखि ३.६० जीपीए ल्याउने ३० हजार १०७ जना, २.८१ देखि ३.२० आउने ६५ हजार २८४ जना, २.४० देखि २.८० आउने ६४ हजार ९३ जना, २.१ देखि २.४० जीपीए आउने १० हजार ९ सय जना छन् ।

 नतिजा अनुसार पहिलो पटक हरेक  विषयमा सैद्धान्तिक तर्फ कम्तिमा ३५ प्रतिशत अंक नल्याए ग्रेड सिटमा एनजी अर्थात् नन ग्रेडिङ उल्लेख गरिएको बोर्डले जनाएको छ । यसवर्ष नियमित तर्फ १ लाख ८८ हजार ४१० जना नन ग्रेडिङमा परेका बोर्डले जनाएको छ । यो वर्गका विद्यार्थी उच्च शिक्षा अध्ययनका लागि भर्ना हुन पाउँदैनन् । दुई विषयमा एनजी आएमा ग्रेडवृद्धि परीक्षा दिन पाइन्छ । 

ग्रेड वृद्धि दिन पाउने अर्थात् दुई विषयसम्म दिन पाउने विद्यार्थीको संख्या एक लाख ३० हजार ८७८ छ । ग्रेडवृद्धि परीक्षा असोज ३० र ३१ गते सञ्चालन हुनेछ ।

परीक्षामा नियमित तर्फ ३ लाख ६३ हजार १ जना, ग्रेड वृद्धितर्फ ३० हजार ४५ जना र आंशिकतर्फ ३ हजार १३२ जना गरी ३ लाख ९६ हजार १८५ जना सहभागी भएका बोर्डले जनाएको छ । 

नतिजा बोर्डको वेभसाईटबाट पनि हेर्न सकिन्छ । 

www.neb.gov.np

बोर्डले नतिजा प्रकाशनका लागि आफ्नो वेभसाईट सहित विभिन्न निजी तथा सरकारी क्षेत्रका वेभसाईटलाई पनि स्विकृती दिएको छ । 

परीक्षा गत जेठ १६ देखि २५ गतेसम्म सञ्चालन भएको थियो । यस बर्ष परीक्षा दिन चार लाख १० हजार ६८ जनाले फारम भरेकोमा तीन लाख ९६ हजार १ सय ८५ विद्यार्थी परीक्षामा सहभागी भएका बोर्डले जनाएको छ । देशभरका १ हजार २ सय ९२ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो ।

प्रतिक्रिया