Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
खबर/फिचर

शिक्षा सेवामा सहसचिव र उपसचिव सहित विभिन्न सेवामा विज्ञापन खुल्यो

बुधबार, २६ असोज २०७९

काठमाडौं - शिक्षा सेवा तर्फ सहसचिवमा २ र उपसचिवमा २२ जनाका लागि लोक सेवा आयोगले विज्ञापन खुलाएको छ । विभिन्न सेवाको सहसचिव पदमा ११२ र उपसचिव पदमा ३२१ गरी जम्मा ४३३ जनाका लागि विज्ञापन खुलेको आयोगले जनाएको छ । 

दरखास्त फारम बुझाउने म्याद २०७९ कात्तिक २९ गतेसम्म छ ।

आर्थिक योजना तथा तथ्यांक, विविध र संघीय संसद सेवा तर्फ सहसचिव पदमा विज्ञापन नखुले पनि उपसचिव पदमा भने क्रमशः ३, ६ र ११ पदमा विज्ञापन खुलाइएको छ ।

कृषि सेवा तर्फ २ सहसचिव र १३ उपसचिव, इन्जिनियरिङ सेवातर्फ २१ सहसचिव र ४९ उपसचिव पदमा विज्ञापन भएको छ । परराष्ट्रमा ७ सहसचिव र ११ उपसचिव, प्रशासनमा २२ सहसचिव र १११ उपसचिव लेखा परीक्षण सेवा तर्फ ५ सहसचिव र २२ उपसचिव, वन सेवातर्फ सहसचिव र उपसचिवमा ६, ६ जनाका लागि विज्ञापन गरिएको छ ।

स्वास्थ्य सेवातर्फ ४३ सहसचिव र ५९ उपसचिव, राष्ट्रिय मानव अधिकार सेवातर्फ ४ सहसचिव र ८ उपसचिव विज्ञापन खोलेको आयोगले जनाएको छ । 

 

प्रतिक्रिया