Edukhabar
शनिबार, १५ बैशाख २०८१
खबर/फिचर

६ जिल्लाका सामुदायिक क्याम्पसलाई अनुदान

विहीबार, १७ कार्तिक २०७९

काठमाडौं - सामाजिक विकास मन्त्रालय, बागमती प्रदेशले सामुदायिक क्याम्पसलाई अनुदान दिने भएको छ । मन्त्रालय अन्तर्गत सार्वजनिक निर्माण कार्यान्वयन इकाईले प्रदेशका ६ जिल्लाका सामुदायिक क्याम्पसहरूको भौतिक सवलीकरणका लागि अनुदान दिने भएको हो । 

इकाईले प्रदेशको भक्तपुर, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, दोलखा,रामेछाप र सिन्धुली जिल्लाका सामुदायिक क्याम्पसहरूका लागि भौतिक सवलिकरण अनुदान दिने जनाएको छ । इकाईले सो अनुदान पाउनका लागि १५ दिनभित्र प्रस्ताव पेश गर्न अनुरोध गरेको छ । 

सामुदायिक क्याम्पसका भौतिक सवलिकरण अनुदान सम्बन्धि कार्यविधि २०७८ अनुसार वितरण गरिने अनुदान पाउनका लागि क्याम्पसमा न्यूनतम ७५ विद्यार्थी, माग गरिएको पूर्वाधार निर्माण गर्न पुग्ने क्याम्पसको नाममा जग्गाको लालपुर्जा वा आफ्नो लालपुर्जा नभएको अवस्थामा सम्बन्धित स्थानीय तहबाट भौतिक पूर्वाधार निर्माणका लागि क्याम्पसले उपयोग गर्न पाउने जग्गाको सुनिश्चित गरिएको हुनुपर्ने, क्याम्पसको नियमावली वा विनियमावली अनुसार संचालक समिति गठन भएको प्रमाणित निर्णय र फ्याकल्टीगत रूपमा विद्यार्थी विवरण तथा भौतिक सवलिकरण गर्नु पर्नाको कारण सहितको प्रस्तावना जरूरी रहेको इकाईले उल्लेख गरेको छ । 

 

प्रतिक्रिया