Edukhabar
मंगलबार, ०६ चैत्र २०८०
खबर/फिचर

शिक्षकको नतिजा निराशाजनक

मंगलबार, १३ मंसिर २०७९

भक्तपुर– निम्न माध्यमिक तहको विज्ञान र गणितको लिखित परीक्षामा निक्कै थोरै मात्र परीक्षार्थी उत्तीर्ण भएका छन् । शिक्षक सेवा आयोगले गत असारमा प्रतियोगितात्मक विषयगत लिखित परीक्षा लिएको थियो । उक्त परीक्षाको नतिजा भने सन्तोषप्रद देखिएको छैन । 

प्रकाशित नतिजा अनुसार विज्ञान विषयमा २२ दशमलब ३८ प्रतिशत र गणित विषयमा १५ दशमलब ६१ प्रतिशत परीक्षार्थीमात्र उत्तीर्ण भएका छन् । आयोगका अनुसार विज्ञान विषय शिक्षकको खाली भएको दरबन्दी ४४० रहेकामा १ हजार १४८ जनाले परीक्षा दिएका थिए । ती परीक्षार्थीमध्ये सो विषयमा २५७ जनामात्र उत्तीर्ण भएका छन् ।

यसैगरी ३६५ जना गणित शिक्षकको माग भएको परीक्षाका लागि ३६३ जनाले आवेदन दिएका थिए । सो विषयमा जम्मा ५७ जना मात्रै उत्तीर्ण भएका छन् ।

निम्न माध्यमिक तहको तृतीय श्रेणी शिक्षक पदका लागि आयोगले गत चैतमा सामान्य परीक्षा र असारमा विषयगत खुला प्रतियोगितात्मक लिखित परीक्षा लिएको थियो ।

आयोग नियमावलीमा शिक्षक छनोटका लागि १०० पूर्णाङ्कको सामान्य परीक्षा, १०० पूर्णाङ्कको  विषयगत परीक्षा लिने व्यवस्था गरेको छ । आयोगले विषयतगत परीक्षामा उत्तीर्ण परीक्षार्थीलाई मात्र अन्तर्वार्ता र प्रयोगात्मक परीक्षामा सामेल गराउने व्यवस्था छ ।

तर, नतिजामा देखिएको निराशाको यो हदले विश्वविद्यालयहरुले उत्पादन गरेको जनशक्तिको क्षमता माथि नै प्रश्न उत्तिजएको छ । 

प्रतिक्रिया